नेशनल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी रकम हस्तान्तरण

आशिष उप्रेती, चितवन, भदौ १०-
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको खैरहनी पर्सा शाखाले कार्यालयमा एक कार्यक्रम आयोजना गरी म्यादी बीमा वापतको रकम मृतकको श्रीमतीलाई चेक हस्तान्तरण गरेको हो ।

कम्पनीले रोजगारीको क्रममा वैदेशिक रोजगारमा गएका राप्ती नगरपालिका ६, हर्दीका बोधराज कुवरको मृत्यु भएपछी उहाको श्रीमती देवि कला कुवरलाई बीमा दाबी वापतको रकम १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

खैरहनी पर्सा शाखाका कम्पनीका शाखा प्रमुख मेघराज पौडेलले मृतकका परिवारलाई सो चेकको रकम हस्तान्तरण गर्नुभएको थियो । उक्त चेक हस्तान्तरण कार्यक्रममा खैरहनी पर्सा शाखाका वरिष्ठ व्यवसायिक प्रबन्धक रामशरण बर्तौला लगायत कम्पनीका अन्य कर्मचारीहरुको समेत उपस्थित रहेको थियो ।
त्यसैगरी केहि दिन अगाडी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सो शाखाले कोरोनाको कारण मृत्यु भएकी रत्ननगर नगरपालिका वडा नम्बर १२ की निर्मला अर्यालको छोरा बिजय खत्रीलाई बीमा दाबी वापतको रकम ५ लाख रुपैयाँको चेक अभिकर्ता मिना श्रेष्ठ खनालको उपस्थितमा हस्तान्तरण समेत गरेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker