पत्नीको जल्दै गरेको चितामा गएर आत्महत्या

एजेन्सी । भारतको ओडिशास्थित कालाहाँडी जिल्लामा एक पुरुषले आफ्नो पत्नीको जल्दै गरेको चितामा गएर आत्महत्या गर्नुभएको छ ।

यो घटना गोलामुन्डा ब्ल्याकको सिआलजोडी गाउँको हो । जहाँ पत्नीको मृत्यु पछि एक पुरुष अन्तिम संस्कारको समयमा जल्दै गरेको चितामा हाम फाल्नुभएको थियो ।

आगोको ज्वाला धेरै ठूलो भएका कारण उहाँलाई कसैले बचाउने प्रयास नगरेको बताइएको छ । मंगलवार घटेको यस घटनामा आत्महत्या गर्ने पुरुषको नाम नीलमणि सबर भएको बताइएको छ । रिपोर्टस्का अनुसार नीलमणिकी ६० वर्षीय पत्नी रायबरी सबरको मृत्यु कार्डिएक अरेस्टका कारण भएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker