![](https://lokpriyakhabar.com/wp-content/uploads/2021/08/FB_IMG_1630035701717.jpg)
काठमाडौं : नेपाली कांग्रेसको ३८ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक भएको छ। कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन समितिलाई क्रियाशील सदस्यको सूची बुझाएसँगै ती सार्वजनिक भएको हो।प्रदेश १ का ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, खोटाङ, सोलुखुम्बु,, ओखलढुंगा, उदयपुर, झापाको क्रियाशील सदस्यता सूचि निर्वाचन समितिले बुझेको छ।ताप्लेजुङमा तिलक पाण्डे, पाँचथरमा मदन खड्का, संखुवासभामा भरतराज उपाध्याय, तेह्रथुममा लक्ष्मणलाल रञ्जित, खोटाङमा विकास भट्टराई, सोलुखुम्बुमा कैलाश गुरुङ, ओखलढुंगामा कीर्तिनाथ शर्मा, उदयपुरमा खुसीराज गौतम र झापामा सुवोधबाबु चिलवाल निर्वाचन अधिकृत तोकिएका छन्।वाग्मती दोलखा, रामेछाप, सिन्धुली र भक्तपुरको सदस्यता सूची बुझाइएको छ। दोलखामा चक्रबहादुर थापा, रामेछापमा विष्णु लुइटेल, सिन्धुलीमा लेखतबहादुर खड्का र भक्तपुर मुकुन्द शर्मा पौडेल जिल्ला निर्वाचन अधिकृत तोकिएका छन्।गण्डकी प्रदेशका क्रियाशील सदस्यता सूची सार्वजनिक गरिएका जिल्लाहरु गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याञ्जा, म्याग्दी र नवलपुरको रहेको छ। लमजुङमा थानेश्वर दवाडी, तनहुँमा फणिन्द्र कोइराला, मनाङमा वसन्त रिमाल, मुस्ताङमा शिवराज वाग्ले, पर्वतमा विश्वास आचार्य, म्याग्दीमा विष्णुप्रसाद शर्मा र नवलपुरमा गोविन्द सिग्देल जिल्ला निर्वाचन अधिकृत तोकिएका छन्।लुम्बिनी प्रदेशमा नवलपरासीमा बाबुराम पाण्डे, रुपन्देहीमा भूमिश्वर गौतम, रुकुम पूर्वमा इश्वरीप्रसाद ज्ञवाली निर्वाचन अधिकृत तोकिएका छन्। कर्णालीको रुकुम पश्चिममा मुक्ति आचार्य, मुगुमा नरेन्द्रबहादुर सिंह, जाजरकोटमा सूर्यबहादुर बस्नेत र दैलेखमा विवस बस्नेत जिल्ला निर्वाचन अधिकृत तोकिएका छन्। यता सुदूरपश्चिमाको बझाङमा चेतराज भट्ट, डोटीमा ठेकेन्द्रराज जोशी, दार्चुलामा देवराज अवस्थी, बैतडीमा पुष्पराज जोशी, कञ्चनपुरमा भरतबहादुर सिंह, अछाममा देवराज भट्ट, कैलालीमा टेकप्रसाद सुवेदी र डडेलधुरामा लोकेन्द्रबहादुर बम निर्वाचन अधिकृत तोकिएका छन्।सबै जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिकको माग गर्दै जिल्ला सभापतिहरुको अनसन भने सानेपामा जारी रहेको छ।