कांग्रेस महाधिवेशन: दोलखामा चक्रबहादुर थापा निर्वाचन प्रतिनिधि

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि ३८ जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शुक्रवार ३८ जिल्लामा निर्वाचन प्रतिनिधि तोकेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया यही १८ भदौबाट शुरु हुँदै छ । कांग्रेसको सबै भन्दा तल्लो तह वडा तहको अधिवेशन १८ गतेका लागि निर्धारित छ ।

निर्वाचन समितिका अनुसार समितिले तोकेका प्रतिनिधिहरुसँगै ति जिल्लाका क्रियाशील सदस्यताको सूची, निर्वाचन निर्देशिका र आवश्यक प्रशिक्षणसमेत दिइएको छ ।

‘जिम्मेवारी पाउनु भएका प्रतिनिधिहरूलाई सम्बन्धित जिल्लाको क्रियाशील सदस्यताको सूची, निर्वाचन निर्देशिका र आवश्यक प्रशिक्षणसमेत दिइएको छ, केही अझै बुझ्ने क्रममा नै हुनुहुन्छ,’ निर्वाचन समितिका सचिव श्रेष्ठले हाम्राकुरासँग भने ।

कांग्रेसमा केही जिल्लाका सभापतिहरू भने सदस्यताको सूची सार्वजनिक गरिनु पर्ने माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसनमा छन् । पार्टी नेतृत्वले भने जिल्ला सभापतिको माग नसुनी निर्वाचन प्रतिनिधि तोकेर सदस्यताको सूचीसहित प्रतिनिधि जिल्ला पठाएको हो ।

कुन जिल्लामा को प्रतिनिधि ?

 

ताप्लेजुङ-       तिलक पाण्डे

पाँचथर-          मदन खड्का

सङ्खुवासभा- भरतराज उपाध्याय

तेह्रथुम-         लक्ष्मणलाल रञ्जित

खोटाङ-        विकास भट्टराई

सोलुखुम्बु-     कैलाश गुरुङ

ओखलढुंगा-   किर्तीनाथ शर्मा

उदयपुर-      खुसीराम गौतम

झापा-          सुवोधबाबु सिलवास

दोलखा-       चक्रबहादुर थापा

रामेछाप-      विष्णु लुईंटेल

सिन्धुली-      लेखकबहादुर खड्का

भक्तपुर-     मुकुन्द शर्मा पौडेल

लमजुङ-     थानेश्वर दवाडी

तनहुँ-        फणिन्द्र कोइराला

मनाङ-     वसन्त रिमाल

मुस्ताङ‍-    शिवराज वाग्ले

पर्वत-       विश्वास आचार्य

म्याग्दी-     विष्णुप्रसाद शर्मा

नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)- गोविन्द सिग्देल

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)- बाबुराम पाण्डेय

रुपन्देही-    भूमिश्वर गौतम

रुकुम पूर्व- ईश्वरीप्रसाद ज्ञवाली

रोल्पा-       सूर्यबहादुर वली

रुकुम पश्चिम- मुक्ति आचार्य

मुगु-          नरेन्द्रबहादुर सिंह

जाजरकोट- सूर्यबहादुर शाह

दैलेख-       विवस बस्नेत

बझाङ-      चेतराज भट्ट

डोटी-        राजेन्द्र जोशी

अछाम-     देवराज भट्ट

दार्चुला-     देवराज अवस्थी

बैतडी-       पुष्पराज जोशी

डडेलधुरा- लोकेन्द्रबहादुर बम

कञ्चनपुर-  भरतबहादुर सिंह

कैलाली-   टेकप्रसाद सुवेदी  – यो समाचार हाम्रोकुरा.कममा प्रकाशित छ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker