बिएमएचडीमा ‘चल्दैछ’

 काठमाडौंं। नेपाली दर्शकहरुले पछिल्लो समय निकै रुचाउँदै गएको कमेडी शो हरु एक पछि अर्को थपिने क्रम चल्दैछ । यहि क्रममा बिएमएचडी टेलिभिजनबाट अर्को कमेडी सिरियल थपिएको छ ।

‘चल्दैछ’ नामक उक्त कमेडी सिरियल नृत्य निर्देशक रत्न जोशीको निर्देशनमा तयार भएको हो । माधव पण्डित, केशव सापकोटा, शुशीला निरौला बिमली, अञ्जु रुवाली, मारिया कार्की, पीएल श्रेष्ठ, सुरज महर, प्रतिक गिरीलगायतका कलाकारको बेजेड प्रस्तुती चल्दैछमा रहेको निर्माण पक्षको दावी छ ।

हरेक शुक्रबार साँझ ७ः३० बजे प्रशारण हुने चल्दैछ सिरियलको लेखन मनीष गौतम र रिवाज दाहालले गर्नुभएको छ । नवराज गिरीको गीत र चेतन सापकोटाको संगीत रहेको सिरियलमा गौरी मल्ल र चेतन सापकोटाले स्वर दिनुभएको छ ।

किरण गिरीको सम्पादन र विशाल प्रजापतिको छायांकन रहेको चल्दैछ सिरियल नवराज गिरी र सरस्वती गिरीले निर्माण गर्नु भएको हो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker