नोपल भारतसँग २–१ गोल अन्तरले पराजित

काठमाडौं । भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल म्याचमा नेपाल २–१ गोल अन्तरले पराजित बनेको छ । नेपालले राम्रो प्रदर्शन गरे पनि कमजोर फिनिसिङका कारण हार स्वीकार्न वाध्य बनेको हो । नेपालका लागि तेज तामाङले मात्रै गोल गर्नु भएको छ ।

माल्दिभ्समा अक्टोबरमा हुने साफ च्याम्प्यिनसिपको तयारी स्वरुप आयोजित भारतविरुद्धका दुईमध्ये बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो । तुलनात्मक रूपमा पहिलो खेलको तुलनामा राम्रो प्रदर्शन र गोलका अवसर पनि धेरै सिर्जना गरेको नेपाल फिनिसिङमा चुकेको थियो ।

पहिलो हाफमा भारतलाई बल पोसेसन होल्ड गर्न नदिएको र इन्टरसेप्सनलाई मुख्य हतियार बनाएको नेपालले गोलका लागि थुप्रै अवसर सिर्जना गरेको थियो ।

तर, नेपाली टोलीले फिनिसिङमा फितलो प्रदर्शन गरेकै कारण हार भने टार्न सकेन । ् भारतका लागि फारुख चौधरी र कप्तान सुनिल क्षेत्रीले गोल गर्नु भएको थियो । गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker