कांँग्रेसको महाधिवेशनमा जो आएपनि कांँग्रेस आउने हो, रुख आउने हो : प्रवक्ता हेमन्त बास्तोला ‘विश्व’

प्रजातान्त्रिक योद्घा महामानव वि.पि.कोइरालाले २०१० साल कात्तिक १० गते नेपाल तरुणदलको स्थापना गर्नुभएको यो संस्था नेपाली कांँग्रेसको भातृसंगठन मध्ये सबैभन्दा जेठो सस्था हो । १०४ वर्षको जहानिया राणाशासनको अन्य र २००७ सालको प्रजातन्त्र स्थापनापछि नेपाली राजनीतिलाई गतिशिल बनाउने, युवा सरोकारका मुद्दालाई मुर्तरुप दिने साथै नेपाली कांग्रेस पार्टीको राजनीतिलाई समाजवाद उन्मुख बनाउने ध्येयका साथ तरुणदल स्थापना भएको हो । देशभर तरुणदलको सञ्जाल रहेको छ । २००७ सालको क्रान्ति सफल गर्नका लागि कांग्रेसले खडागरेको मुक्तिसेनाको प्रजातन्त्र स्थापना पश्चात बिघटन गरिएको थियो । त्यसपछि नेपाली कांग्रेसमा खड्किएको युवा संगठनको आवश्यकतालाई मध्यनजर गर्दै नेपाल तरुणदलको स्थापना भएको कांग्रेस नेताहरु बताउंँछन । प्रजातन्त्र विरोधिहरु सलबलाउन थालीसकेकाले प्रजातन्त्रका पक्षमा उभिन सक्ने बलियो युवाहरुको जमाात तयार गर्ने हेतुले तरुणदल गठन गरिएको हो भन्ने आम नेताहरुको बुझाई छ । नेपाली कांग्रेसको संगठनलाई चलायमान बनाउने, पार्टीलाई समाजवादमा रुपान्तरण गर्नका लागि नेताहरुलाई दवाव श्रृजना गर्ने, जनतालाई प्रजातन्त्रका बारेमा सुसूचित गर्ने कार्यमा पार्टीलाई तरुणदलले सहयोग पुरयाउंँदै आएको छ । नेपाली कांग्रेसको २०१२ सालमा विरगञ्जमा भएको महाधिवेशनले आफ्नो संगठनलाई समाजवादी पार्टी घोषणा गरेको र २०१५ सालमा भएको पहिलो निर्वाचनमा नेपाली कांग्रेसलाई दुइतिहाई सिटसहित पहिलो पार्टी बनाउन बिशेष भूमिका रहेका थियो भन्ने विश्वास गरिन्छ । त्यस्तै हरेक प्रजातान्त्रिक आन्दोलनमा चितवनले अगुवाई गर्दै आएकोले पनि चितवनमा कांँग्रेसको योगदानलाई निकै चासोको रुपमा हेर्ने गरिन्छ । पछिल्लो समय युवाले हरेक संगठनको नेतृत्व लिनुपर्छ भन्ने आवाज उठिरहेका बेला चितवनमा पनि कांँग्रेसका सबै भातृसंगठन उत्तिकै सक्रिय र जुझारु रहंँदै लोकतन्त्रको रक्षा र संर्वद्धनको लागि आवाज उठाउंँदै आएका छन । यसै शिलशिलामा चितवनमा तरुण दलको अवस्था, भूमिका , योगदान के छ र तरुणदलले कसरी पार्टीलाई सहयोग गर्दै आएको छ लगायत १४ औं महाधिवेशनलाई लक्षित गर्दै युवा तथा जुझारु नेता एवं तरुणदलका प्रवक्ता हेमन्त बास्तोला ‘विश्व’  संँग गरिएको कुराकानीको अंश ।

तपाईंको राजनीतिक पृष्ठभूमि के हो ?
वास्तवमा भन्नुपर्दा मेरो तीन पुस्ता देखिनै कांँग्रेस राजनीतिमा सक्रिय रहंँदै आएको छ । जसले गर्दा म पनि कांँग्रेस परिवार र पृष्ठभूमि हुंँर्के । मेरो राजनीतिक संस्कार र स्कुलिङ्ग नै कांँग्रेस पार्टीबाट भयो । सानैदेखि मेरो हजुरबुबा र बुबाले गर्दै आउनु भएको राजनीतिले मलाई कांँग्रेस पार्टीमा आकर्षण गर्यो । उहांँहरुले पञ्चायतकालबाट नै जिल्लाका तात्कालिन शिर्षस्थ नेताहरुबाटनै पार्टीमा योगदान गर्दै आउनु भयो । निष्ठा र इमान्दारीताको राजनीति गर्दै आउनु भयो । त्यो मार्गनिर्देशन नै मेरो लागि कांँग्रेसको राजनीतिक यात्रा बन्यो ।

तपाईं कांँग्रेस पार्टीमा कसरी प्रवेश गर्नुभयो ?
म सानै हुंँदा पञ्चायतकालमा भनौं बुबा कांँग्रेसको सक्रिय राजनीति गर्नुहुन्थ्यो । मेरो बुबा हाल भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थित विश्व प्रकाश माविको शिक्षक पनि हुनुहुन्थ्योे । शैक्षिक पेशा संँगै वहांँ साविक मंगलपुर गाविसको नेता हुनुहुन्थ्यो । त्यति बेला जिल्लाका वरिष्ठ नेता रामकृष्ण घिमिरे, टेकप्रसाद गुरुङ्ग लगायतका नेताहरुसंँगै राजनीति उहांँले गर्नुभयो । तात्कालिन समयमा कम्युनिष्ट पार्टीहरुले हाम्रो बुबालाई मरणासन्न हुने गरी कुट्थे । दुःख दिन्थे , हेप्थे, पीडा दिन्थे । त्यस्तो बेलामा मेरो बालापनको उमेरमा मैले टुलुटुल हेर्ने शिवाय केही थिएन । त्यसले गर्दा मेरो मस्तिष्कमा कम्यनिष्ट प्रति घृणा, द्धवेष जाग्यो । त्यतिमात्र होइन राज्यपक्षबाट पनि हाम्रो परिवारमाथि धेरै धरकपड भयो । प्रहरीले हाम्रो घरमा आएर पटक पटक धेरै दुःख दिन्थे ।
म जब ठूलो हुदै गए मलाई कांँग्रेस प्रति ठूलो सद्धभाव , आत्मियता जाग्यो । मलाई बालमष्तिष्कमा कांँग्रेस नशा नशामा पुगेजस्तो भयो । म स्कुल पढ्दापनि घरमा विपिका पुस्तकहरु हुन्थे । मै ती किताबहरु अध्ययन गरे । विपिका विचारले पनि मलाई कांँग्रेसमा प्रवेश गर्ने हुटहुटी जाग्यो । तपाई भन्नुहुन्छ भने म पार्टीमा क्रियाशील सदस्यता लिएको नै १६ बर्ष पुग्यो । मेरो नशा नशामा कांँग्रेस छ । काँग्रेस बाहिरी रुपबाट बनिंँदैन यो भित्री मनबाटनै, लगावबाटनै हुनुपर्छ । सच्चा कांँग्रेस बन्न घरबाटनै संस्कार र प्रशिक्षण लिनुपर्छ । यसैले म हजुरबुबाको स्कुलिङ्ग बाट बुबाले र बुबाको स्कुलिङ्ग बाट मैले कांँग्रेस पार्टीमा प्रवेश गरेको हुंँ ।

तपाईंको कांँग्रेस पार्टीको राजनीतिक यात्रा कहिले देखि शुरु भयो ?
मैले स्कुल देखिनै स्कुल कमिटीबाटनै राजनीतिक यात्रा शुरु गरेको हुंँ । विश्वप्रकाश माविबाटनै मैले राजनीतिक यात्रा शुरु गरेको हुंँ । म सानैदेखि कांँग्रेसको राजनीतिमा लागेको व्यक्ति हुुंँ । जो निष्ठावान राजनीति गर्न चाहन्छ ,उसले बुझेर राजनीतिमा प्रवेश गर्नुपर्छ । लहैलहैमा सच्चा काँग्रेस बनिदैन । र अर्कोकुरा निरन्तर अहिले सम्म कांँग्रेसको राजनीतिमा लागिरहेको छु । र विभिन्न राजनैतिक आन्दोलनमा मैले निरन्तर आफ्नो आवाज उठाउंँदै आएको छु । म काँग्रेसको सिद्धान्त आत्मसात गर्दै म अहिले जिल्लाको तरुणदलको प्रवक्ताको जिम्मेवारीमा छु ।

तपाई चितवनमा कांँग्रेस भातृसंगठन तरुण दलको प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्छ, जिल्लामा तरुण दलको अवस्था के छ ?
हिजोका दिनहरुमा पनि चितवन जिल्लाको तरुणदल बलियो थियो । अहिले पनि तरुण थप बलियो बन्दै गएको छ । तरुणदल बलियो हुनु अहिलेको आवश्यकता पनि हो । अब हरेक संगठनमा युवाको नेतृत्व हुनुपर्छ भन्ने मेरो मान्यता छ । तर यसो भन्दैमा सिनियर नेता तथा कार्यकर्तालाई वाइपास गर्न मिल्दैन । तरुणदल संगठनले पनि प्रमाणित गर्दछ की यो युवाहरुको समुह हो । विगतमा भन्दा अहिले तरुणदल थप मजबुत हुंँदै गएको छ । युवाहरुको यसमा आकर्षण बढ्दै गएको छ । हामी संगठन विस्तार गर्दै लगेका छौं । किनकी कुनै पनि संगठनमा जो कोही आउंँदा पनि पार्टीको, संगठनको सिद्धान्त , विचारको बारे राम्रो ज्ञान हुनु जरुरी छ । म यही स्कुलिङ्गबाट आएको नेता भएकोले पनि मेरो अनुभव, दक्षता अनुसार मैले तरुण दलका साथीहरुलाई कन्भिन्स गर्दै आएको छु । चितवनको परिप्रेक्ष्यमा भन्ने हो भने तरुणदलको अवस्था बलियो छ ।

जिल्लामा तरुण दलले मातृ संस्था कांँग्रेस पार्टीलाई कसरी सहयोग गरिरहेको छ र अन्य भातृसंगठनको समन्वय कसरी गर्दै हुनुहुन्छ ?
जिल्लाको कुनैपनि कार्यक्रममा, कुनै पनि आन्दोलनमा , प्रर्दशनमा हामी एकताबद्ध भएर काम गरिरहेका छौं । पार्टीलाई वा पार्टीका अन्य भातृसंगठनलाई समस्या पर्दा हामी एकै ठाउँमा उभिएर समस्या समाधन गरिरहेका हुन्छौं । पार्टीमा विभिन्न संगठन र विभिन्न तहतप्कामा साथीहरु भएपनि हाम्रो उद्धेश्य र गन्तव्य एउटै छ । हामी एक अर्काका परिपुरक हौं । र जिल्लाको हकमा कुरा गर्नुहुन्छ भने मैले तरुणदलको हैसियतले नेपाली कांँग्रेसलाई अघि बढाउन , कांँग्रेसमाथि दमन गर्नेमाथि प्रतिकार गर्न हामी पछि हटेका छैनौ । कांँग्रेस पार्टी प्रतिपक्षमा रहंँदा हामी ओलीको सरकारको निरंकुश प्रवृतिको विरुद्ध हामीले विरोध प्रर्दशन गर्यौं, आन्दोलन गर्यौं । म आफै आन्दोलनमा प्रर्दशनमा सहभागी हुंँदा प्रहरीको लाठी र बुट खाएको व्यक्ति भएकोले कांँग्रेस पार्टी सरकारमा हुंँदा या नहुंँदा पनि तरुण दलले आफ्नो संगठनको तर्फबाट सहयोग गर्न कुनै कसर बांँकी राखेको छैन । अहिले जिल्लामा कांँग्रेसको १४ औं महाधिवेशन चलिरहेको छ । यसमा हामीले वडास्तरदेखिनै युवाहरुको प्रतिनिधित्व गर्नुपर्छ भन्ने अभिप्रायका साथ सक्षम, उर्जाशील युवाहरुलाई अगाडि ल्याईरहेका छौं । जिल्लाका नेता तथा उम्मेदवारलाई पनि तरुणदलले निरन्तर सहयोग गरिरहेको छ ।

काँग्रेसलाई देशभर बलियो बनाउन के गर्नुपर्ला ?
वास्तवमा भन्ने हो भने कुनैपनि पार्टी बलियो हुनलाई त्यसका भातृसंगठन बलियो हुनुपर्छ । भातृसंगठन बलियो भएन भने पार्टी बलियो हुंँदैन । पछिल्लो समय कांँग्रेस कमजोर हुंँदै गयो भन्ने चिन्ता भईरहेको छ । जसले गर्दा हामीले अघिल्लो स्थानीय तथा संघीय निर्वाचनमा हार बेहोर्नुपरेको सर्वविदितै छ । पार्टीलाई बलियो बनाउन तल्लोतहदेखिनै प्रशिक्षण आवश्यक छ । पार्टीको सिद्धान्त र म्यान्डेट के हो ? भन्ने कुरा वडा तहबाट सिकाउनु जरुरी छ । पार्टीको सिद्धान्त विचारधारा बारे नेताहरुले कार्यकर्तालाई गहिरो रुपमा प्रशिक्षण नदिइकन पार्टी बलियो हुन सक्दैन । हामीले यदाकदा सुनेका हुन्छौं कांँग्रेस पार्टी छाडेर अर्को पार्टीमा गए भन्ने कुरा ! यो हाम्रो कमजोरी हो । हामीले त्यस्ता कार्यकर्तालाई चित्त बुझाउन सकेनौ । हामीले राम्रो संँग प्रशिक्षित गर्न सकेनौ । अर्को कुरा पार्टीमा गुट अन्र्तगुट हाबी छ । हामी भाई भाई एक अर्कामा लडिरहेका छौं । गुट र खेमा भनेर एक अर्कामा आग्रह , पूर्वाग्रह राखेका छौं । कुण्ठा पालेका छौं । जबसम्म यी कमजोरीलाई सुधार्दैनौ हाम्रो पार्टी संगठन बलियो हुन सक्दैनौं । छोटकरीमा भन्ने हो भने गुटको अन्त्य गरेर सबै सिंगो कांँग्रेस पार्टीमा गोलबन्द हुन आवश्यक छ ।

जिल्लाको वडा देखि जिल्ला तहको अधिवेशनमा तपाईको भूमिका के छ ?
हामी तरुणदलले चाहे हाम्रो माउ पार्टी होस या भनौं अन्य भातृसंगठन होस सबैलाई सहयोग र समन्वय गरिरहेको छ । म तरुणदलको प्रवक्ता र सक्रिय सदस्य भएकोले पार्टीका हरेक गतिविधिमा चासो र चिन्ता हुन्छ नै । अहिले १४ औं महाधिवेसनको प्रक्रिया चलिरहेका बेला मैले र हाम्रो तरुणदलले गर्नुपर्ने भूमिकामा कुनै कमी कमजोरी हुन दिएको छैन । शायद तरुणदलको यो सक्रिय भूमिका भएकै कारण पार्टीमा अहिले युवाहरुलेने नेतृत्व गरिरहनु भएको छ । मेरै १५ नम्बर वडा र वडा नम्बर ७ मा को अधिवेशनका लागि कति भूमिका निभाएंँ जिल्लाका नेताहरुलाई सोध्न सक्नुहुन्छ । आखिर यो अधिवेशनमा जो आएपनि कांँग्रेस आउने हो । रुख आउने हो ।

कांँग्रेसमा अन्तर पार्टी विवाद , संगठन भित्र विवाद भईरहन्छ , यसको समस्याको समाधान कसरी होला?
यो सामान्य विवाद , छmलफल , भन्ने कुरा हाम्रो पार्टीमा मात्र नभई अन्य पार्टीमा पनि भईरहेको हामीले नसुनेको , नदेखेको होइनौ । यो आन्तरिक कलह , असमझदारीलाई हामीले पार्टीभित्रै मिलाउन सक्नुपर्छ । हामीले सबै तहतप्कालाई समानुपातिक ढंगले मिलाएर लैजान सक्नुपर्छ । अर्को कुरा पार्टी कसरको योगदान र भुमिका कस्तो छ । उसको पार्टी संगठनमा सक्रियता कत्तिको छ । उसले पार्टीलाई कत्तिको सहयोग गरिरहेको छ र उ कुन पृष्ठभुमिबाट आएको हो । सो को आधारमा मुल्यांकन हुनुपर्छ । यी कुराहरुलाई अक्षरस पालना गर्दै जाने हो भने यस्ता साना तिना समस्या सल्टिहाल्छ ।

तपाईले तरुणदल मा रहेर राजनीति मात्रै नगरीकन अन्य सामाजिक काम के के गर्नु भएको छ ?
तरुणदल एउटा पार्टीको मात्र भातृसंगठन होइन यो हरेक युवाको मुटुको ढुकढुकी हो । पार्टीको मेरुदण्ड हो । तर यति भनेर मात्रै हामी हाम्रो दायित्वबाट पन्छिन सक्दैनौं । तरुणदलले सामाजिक कार्यामा पनि उत्तिकै सक्रियता देखाउंँदै आएको छ । चाहे भुकम्प होस। बाढी पहिरो किन नहोस हामीले हाम्रो तर्फबाट सहयोग गरिरहेका छौं । त्यस्तै कोभिडको बेलामा पनि मेरै संयोजन र समन्वयमा विभिन्न ठाउंँ , टोल , अन्य सामाजिक संस्थालाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गर्यौं । यही कोभिडको समयमा जिल्लाका अस्पतालमा रगतको अभाव कम हुन नदिन मैले मेरै नेतृत्वमा मंगलपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरयौं जहांँ २३४ जनाले रक्तदान गर्नु भएको थियो ।

तपाईको नेपाली कांँग्रेसको राजनीतिमा भविष्यमा के योगदान हुनेछ ?
मेरो सारा जीवन अब नेपाली कांँग्रेसमै समर्पित हुनेछ । मैले मेरो बुबाको सपना पुरा गर्ने ममा अभिभारा छ । चाहे म पार्टीको जुनसुकै संगठनमा भएपनि पार्टीलाई सहयोग गर्न तयार छु । भवियष्मा पार्टीले , संगठनले, जनताले मेरो कामको, भुमिकाको र सक्रियताको मुल्यांकन गरी जुन पद तथा जिम्मेवारी दिन्छ म त्यो पार्टीको चेन अफ कमाण्ड अनुसार शिरोधार्य गर्नेछु । भविष्यमा कांँग्रेसलाई एक ढिक्का बनाएर सधैभर देशमा एक नम्बर पार्टीको रुपमा स्थापित गर्ने मेरो धोको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker