
चितवन । तरुण दल चितवनको जिल्ला सदस्यमा पुरुषोत्तम कंडेल ‘पुरु’ मनोनित भएका छन । जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको अनौपचारिक छलफलले कंडेललाई मनोनित गरेको हो ।
दलको विधान, निर्देशन तथा निर्णयको अनुसरण गर्दै कंडेललाई सदस्यमा मनोनित गरेको हो । मंगलबार एक कार्यक्रमका बीच अध्यक्ष राजन ताम्राकार र नेपाली कांँग्रेस चितवनका सह-सचिव एवं महासमिति सदस्य राजन कार्कीले मनोनित कंडेललाई सदस्यताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
भरतपुर महानगरपालिका वडा नम्बर ८ , गौरीजञ्ज निवासी कंडेल विद्यार्थीकालदेखि नै नेपाली कांँग्रेसको राजनीतिमा सक्रिय रहंँदै आएका छन्।