खैरहनीको मेयरमा राममणीको चर्चा

चितवन,चैत्र ८
स्थानीय निकायको निर्बाचन नजिकिदै गर्दा आगामी मेयर र गाउँ पालिका अध्यक्षको चर्चा गाउँ-गाउँमा हुन थालेको छ । आकांक्षिहरुले पार्टिबाट टिकट पाउन दौडधुप गरिरहेका बेला चोक चौतारा तथा चिया पसलमा विभिन्न अडकल काट्न थालिएको छ । पुर्वि चितवनको खैरहनीमा नेपाली कांग्रेसले योग्य उमेदवार खोजि रहदा चोक चौतारामा कंकाली सामुदायीक बन उपभोक्ता समितिका अध्यक्ष राममणी न्यौपानेको चर्चा चुलिएको छ । बैशाख तीस गते हुने स्थानीय निकायको निर्वाचनका क्रममा नेपाली कांग्रेसका तर्फबाट मेयर पदमा न्यौपानेलाई अगाडी सार्न उपयुक्त हुने कांग्रेस कार्यकर्ताले बताउन थालेका छन् ।

तीन कार्यकाल अध्यक्ष भएर कंकाली सामुदायिक बनलाई नमुना बन बनाएका न्यौपानेले अवसर पाए नगरपालीका लाईनै नमुना बनाउन सक्ने उनिहरुको अपेक्षा छ । विक्रम सम्वत २०६६सालमा माओवादी समर्थीत उमेद्वारलाई पराजित गरेर पहिलो पटक बनको अध्यक्ष बनेका न्यौपाने बनको विकाशमा गरेको कामका कारण तीन पटक सम्म लगातार निर्बाचित हुनु भएको थियो । सामाजिक सेवामा निरन्तर सकृय रहेका न्यौपानेले गरिव विपन्नको दर्जन वढी घर निर्माण, दिर्घ रोगीको उपचारमा सहयोग गर्दै आउनु भएको छ ।

नेपाल मा.वी. रत्ननगरमा विद्यालय तहको अध्ययनकै क्रममा २०३६ सालमा नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको सदस्यता लिएका न्यौपाने सोही समय देखि निरन्तर नेपाली कांग्रेसको राजनितिमा सक्रृय रहदै आउनु भएको छ । २०४९ सालमा त्रिभुवन विश्वविद्यालय अध्ययनका क्रममा पनि उहाँ नेपाल विद्यार्थी संघमा आवद्ध भएर सकृय रहनु भएको थियो । २०४० सालमा खैरहनी ४ मा रहेको राष्ट्रीय प्राविमा शिक्षण पेशा शुरु गरे देखि नेपाल शिक्षक संघमा समेत आवद्ध हुनु भएको थियो । २०५४ सालको स्थानीय निकायको निर्बाचनमा नेपाली कांग्रेसका तर्फबाट चैनपुर गाविस वडा नम्बर ९को अध्यक्षको उमेद्वार बन्न उहाँले शिक्षण पेशाबाट राजिनामा दिनु भएको थियो ।

२०४२ सालको सत्याग्रहमा सकृय सहभागि भएका न्यौपानेले २०४६ सालको जनआन्दोलनमा सहभागि भई गिरफ्तारीमा समेत पर्नु भएको थियो । विक्रम सम्वत २०५३ देखि २०५६ साल सम्म नेपाली कांग्रेस चैनपुर गाउँ समितिको सचिव, तथा २०५६/२०५७ सालमा पार्टि सभापतिको रुपमा काम गरि सकेका न्यौपाने पार्टिको ११,१२ र १३ औ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिका रुपमा निर्बाचित हुनु भएको थियो ।

सामाजिक आवद्धता
मानविय सेवामा सकृय अन्र्तराष्ट्रीय संस्था रेडक्रसको आजिवन सदस्य रहनु भएका न्यौपाने रोटरी क्लव पुर्वि चितवनको संस्थापक अध्यक्ष हुनु हुन्छ ।

अरुण संचार सहकारी संस्था लिमिटेडद्धारा रत्ननगरमा संचालिन रेडियो अर्पणको सदस्य न्यौपानेले राष्ट्रिय प्रावी कुनाघारीको अध्यक्ष भएर सेवा गरि सक्नु भएको छ । हाल उहाँ सो विद्यालयको सल्लाहकार हुनु हुन्छ । २०४९/५० सालमा पाठ्यक्रम विकाश केन्द्रमा सम्पादकको रुपमा समेत कार्य गरेको उहाँको अनुभव छ ।

उद्धमशिलतामा निरन्तर
सामाजिक सेवाका वावजुद न्यौपानेले आफ्नो आय आर्जनका लागि स्वरोजगार मुलक ब्यवसाय पनि गदै आउनु भएको छ । खैरहनी ४ मा रहेको हिमालय कृषि फाम प्रालिको संचालक न्यौपानेले खैरहनीमै कंकाली ताजा तरकारी तथा फलफुल पसल संचालन गर्र्दै आउनु भएको छ । यस्तै भरतपुर १२ मा उहाँले दुर्गामाता हाउजिंग प्लटिङ्ख प्रालि संचालन गर्दै आउनु भएको छ ।

आर्थिक मामिलामा प्रष्ट र पारदर्शी छवि भएका न्यौपानेले मेयर पद जितेमा नगरपालिकाले गरेका आम्दानी तथा खर्च पारदर्शी हुने, बेरुजु शुन्य तथा भ्रष्टाचार मुक्त हुने स्थानीय कार्यकर्ताको अपेक्षा छ । नियमित हुने विकासका काम जोसुकै आएपनि हुन्छ,राममणी आए काम पारदर्शि हुने स्थानिएको अपेक्षा छ ।

https://fb.watch/bVD5_W-4NU/

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker