राष्ट्रिय भूमि आयोग चितवनले पायो पूर्णता

चितवनः राष्ट्रिय भूमि आयोग चितवनले पूर्णता पाएको छ । आयोगका तीन जना सदस्यले सपथ ग्रण गरे संगै पूर्णता पाएको हो । आयोगको सदस्यहरु निर प्रसाद लामिछाने, लक्ष्मीकान्त दवाडी र महिला सदस्य बिमला मगर नियुक्त हुनु भएको छ । उहाँहरुले आज एक समारोहका बिच पद तथा गोप्यन्यताको सपथ लिनु भएको हो । उहाँहरुलाई आयोगका अध्यक्ष बद्रि तिमिल्सीनाले सपथ ग्रहण गराउनुभएको हो । जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताहरुले अव्यवस्थित सुकुम्बासीको समस्या समाधान जटिल रहेको बताएका थिए ।

राजनैतिक आग्रह र पूर्बाग्रह नराखि सबै सुकुम्बासीहरुलाई जग्गा उपलव्ध गराउनु पर्ने उनीहरुको भनाई थियो । जिल्ला समन्वय समिति प्रमुख डल्लाकोटीले कानुन अनुसार जग्गा प्राप्त गर्नेलाई सहज रुपमा जग्गा उपलव्ध गराउन आग्रह गर्नुभयो । नेपाली काँग्रेसका सचिब ध्रुबराज पोख्रेल, जसपाका जिल्ला अध्यक्ष प्रेम घर्तीले राजनैतिक गन्ध नआउने गरि काम गर्नु पर्ने बताउनुभयो । अहिलेको समस्या सुकुम्बासी समस्या जटिल रहेको भन्दै उहाँहरुले समाजमा भएका हरेक कुरालाई मध्यनजर गर्दै काम गर्नु पर्ने बताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker