बकुलहर टोलमा नेपाली कांग्रेसको टोल कमिटी गठन

नेपाली कांग्रेसको ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तर्गत रत्ननगरको वडा नं १ मा धमाधम अत्याधिक उत्साहका साथ टोल कमिटी गठन भैरहेको छ ।

राम रिमालको अध्यक्षतामा बकुलहर टोल कमिटी गरिएको हो जुन कमिटिमा सचिवमा सुरज गिरी, कोषाध्यक्षमा बिनोद पौडेल तथा सदस्यहरुमा क्रमश: भगवती सापकोटा, अनिता थापा, नौमाया तमाङ, अप्सरा सिवाकोटी, अनिता दवाडी, हिमालाल सुबेदी, मेनुका अम्गाई तथा प्रकाश परियार चयन भएका हुन ।

   कार्यक्रमको सभापतित्व वडा सभापति कुल प्रसाद सापकोटाले गरेका थिए भने प्रमुख अतिथी पुर्व क्षेत्रिय सभापति नन्दराम कंडेल, बिशिष्ट अतिथी वडा अध्यक्ष शंकर सिंह तमाङ तथा अतिथीहरुमा क्रमश: वडा सदस्य तथा पार्टिका निवर्तमान सभापति बाबुराम गौतम, उपसभापती काशिराम पौडेल, वडाका अग्रजहरु कुलप्रसाद शर्मा, कृष्ण कंडेल, त्रिलोचन रिजाल, टिकाराम आचार्य लगायतको उपस्थिती रहेको थियो ।

टोल गठनको काम, कर्तब्य र उद्देश्यको बारे निवर्तमान सभापति बाबुराम गौतमले प्रकाश परेका थिए । टोल कमिटी अध्यक्षमा चयन भएका राम रिमालले आफु र आफ्नो टिम कांग्रेस जिताउन समर्पित भएर लाग्ने प्रतिवद्धता ब्यक्त गरे । औपचारिक कार्यक्रमको समापन गर्दै वडा सभापति सापकोटाले टोल कमिटिलाई संगठन मजबुत बनाउन आफुले अभिभावकिय जिम्मेवारी बहन गर्ने बताए । उक्त कार्यक्रमको संचालन वडा सचिव सुदिप नहर्कीले गरेका हुन ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker