जाँदाजाँदै रत्ननगरका मेयरको नगरवासीलाई अस्पताल उपहार

चितवन १४ चैत । चितवनको रत्ननगरमा मातृशिशु अस्पताल निर्माणका लागि मेयर नारायण वनले सोमबार शिलान्यास गरेका छन् । आमा र बच्चाको सुरक्षाको लागि रत्ननगर अस्पतालको परिसरमा निर्माण गर्न लागिएको अबस्पताल भवनको उनले शिलान्यास गरेका हुन । प्रदेश सरकार र रत्ननगर नगरपालिकाको सयुक्त लगानीमा अस्पतालको भवन निर्माण हुनेछ ।

रत्ननगर अस्पतालको परिसरमा ९ करोड ५८ लाखको लगानी अस्पतालको भवन निर्माण गर्न लागिएको हो । गर्भवती महिला र उनीबाट जन्मिएको बच्चाको सुरक्षाको लागि छुट्टै अस्पतालको रुपमा मातृशिशु अस्पताल सञ्चालन गर्न लागिएको मेयर वनले बताए । पछिल्लो पाँच बर्षे कार्यकालमा मातृशिशु अस्पताल निर्माण सुरु गरेर आफु विदा हुन लागेको भन्दै मेयर वनले जादाजादै नगरबासीहरुलाई सुन्दर उपहारका रुपमा अस्पताल निर्माण सुरु गरेको बताए । रत्ननगर अस्पतालको परिसारमा निर्माण हुने सो अस्पताल छुट्टै अस्पताल हो । पाँच तले सो भवन २०८० सम्म निर्माण सम्पन्न गरेर अस्पताल सञ्चालन गर्ने योजना रहेको छ । अस्पतालमा आमा र बच्चाको लागि आइसीयु,सुत्केरी कक्ष,जनरल वार्ड तथा विशेषज्ञ डाक्टरहरुबाट सेवा प्रदान गरिने छ ।

यो छुट्टै अस्थित्वमा सञ्चालन हुने अस्पताल हो उनले भने यस प्रकारको अस्पताल नेपालमै छैन् । विर अस्पतालमा ब्लक छ्ट्याएर आमा र बच्चाको उपचार गरिदै आएको भएपनि आमा र बच्चाको मात्र उपचार हुने नेपालमै यो पहिलो अस्पताल हो । अस्पताल १०० बेडको हुने छ । सो अबस्पतालमा चितवन सहित देशभरीबाट आउने गर्भबती महिला र शिशुको उपचार हुने छ । अस्पताल सञ्चालन भएपछि सुत्केरी गराउन भरतपुर जानु पर्ने बाध्यताको अन्त्य हुने छ । कार्यक्रममा उपमेयर विमला दुवाडीले रत्ननगरका १६ वटै वडामा स्वास्थ्यचौकी सञ्चालन,रत्ननगर अस्पतालको स्तरउन्नतीपछि मातृशिशु अस्पताल सञ्चालन गर्न लागिएको बताइन । बेड अभाब भएर चितवनमा भूईमा बसेर सुत्केरी गराउनु पर्ने बाध्यकारी अबस्थाका अन्त्य गर्न सो अस्पताल निर्माण सुरु गरिएको उनको भनाई छ । प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले अस्पतालको भवन निर्माणको लागि चालु आर्थिक बर्षमा प्रदेश सरकारको डेढ करोड र नगरपालिकाको डेढ करोड गरी तीन करोडको लगानीमा निर्माण सुरु गरेको जानकारी दिए ।

बहुबर्षीय योजनाको रुपमा रहेको सो अस्पताल २०८० साल भित्र सञ्चालनमा ल्याउने योजना रहेको उनको भनाई छ । रत्ननगर अस्पतालका मेसु डा.विश्वबन्धु बगालेले तत्कालका लागि ५० बेडको हुने सो अस्पताल त्यसको केही समय पछि १०० बेडमा सञ्चालन हुने बताए । रत्ननगर अस्पताल हाल ५० बेड क्षमताको रहेको छ । अस्पताल विकास समितिको तर्फबाट ५० बेड थप गरी १०० बेडको बनाउने योजना रहेको छ । रत्ननगर अस्पताल १०० बेड र मातृशिशु अस्पताल १०० बेड गरी २०० बेडको अञ्चल स्तरीय अस्पतालको रुपमा विकास गर्न सकिने मेसु बगालले बताए । अस्पताल विकास समितिका अध्यक्ष गोपालराज कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं २ का वडाध्यक्ष तिकलराज शर्मा,नेपाली काँग्रेसका नगर सहसचिव रामचन्द्र पौडेल,शान्ति मेड नेपालकी अध्यक्ष डा.रुथ गोन्सेथ लगायतले मन्तव्य राखेका थिए ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker