भरतपुर महानगरमा माओवादी केन्द्रको घरदैलो अभियान सुरु, नेताहरु टोलटालमा खटिए

चितवन : स्थानीय निर्वाचन नजिकिदैं जांदा चितवनको भरतपुर महानगरमा माओवादी केन्द्रले घरदैलो र प्रचारप्रसार कार्यक्रम सुरु गरेको छ । गाउँ नगर घर घर जाउँ माओवादी केन्द्रलाई जिताऊ भन्ने नारासहित भरतपुर महानगर नगरको वडा नम्बर १० बाट घरदैलो अभियान सुरु गरको नेकपा माओवादी केन्द्र भरतपुर महानगरका अध्यक्ष ईश्वर सापकोटाले जानकारी दिए ।

अभियानको एक समारोहका माओवादी भरतपुर महानगर ईन्जार्च घनश्याम दाहाल (अविनाश)ले उद्धघाटन गरेका थिए । प्रदेश मन्त्री समेत दाहालले सो अवसरमा बोल्दै जनताको अधिकार स्थापित गर्न माआोवादीको विकल्प नभएको बताए । उनले जनताको अधिकारी स्थापित गराउने माओवादी जिताउ सबै क्षेत्र फेरि एक जुट हुनुपर्ने वेला आएको बताए । उनले आफुहरुकै एजेण्डका कारण आज देशमा परिर्वतन भएको स्मरण गर्दै माओवादीको लालकिला बनाउने अभियानमा सक्रिय बन्न कार्यकर्तालाई निर्देशन दिए ।

सोही अभियान अन्र्तगत आज एकै भरतपुरको वडा २, ३, ५, ६, ८, ९, १०, ११, १२, १६, १७, १८, १९, २३, २४, २५ र २८ मा घर दैलो गरिएको अध्यक्ष सापकोटले बताए । उनले अब हरेक दिन बिहान ७ देखी १० र बेलुका ५ देखी ७ बजेसम्म निरन्तर घरदैलौ गरि जनता माझा पुग्ने जानकारी दिए । सो क्रममा आफुहरुले माओवादी केन्द्रलाई भोट किन हाल्ने, एजेण्डा के हो भन्ने विषयमा जानकारीसगैँ विकास प्रेमी आफ्ना नेताहलाई भोट दिएर जिताउन अपिल गर्ने बताए ।

सोही अवसरमा बोल्दे माओवादी केन्द्र चितवनका सचिव जिल्ला सचिव दोणबाबु शिवाकोटीले भरतपुरसगैँ आफुहरु जिल्लाको ७ वटै स्थानिय तहमा घरदैलौ अभियान जारीस् राख्ने बताए । उनले चितवनको विकासमा माओवादीका नेतृत्वकै देशले मात्र होईन् विश्वकै ध्यान केन्द्रीत भएको बताए । उनले स्थानिय तहको अधिकार सहि सदुपयोगका लागि माओवादी उम्मेद्वारलाई जिताउनै पर्ने बताए ।
कार्यक्रममा प्रदेश सदस्य अर्जुन पाठक, प्रदेश सदस्यहरु उत्तम गुरुगं, ईश्वर रेग्मीसहित वडाका तहका नेताहरुको सहभागीता थियो । साथै भोलीदेखी महानगरको २९ वटै डामा हरेक दिनमा दुई चरणमा घरदैलो हुनेछ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker