नेपाली कांग्रेस कालिका ७ को पार्टी कार्यालय उद्घाटन

नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले नेपाली काङ्ग्रेसको नेतृत्वमा देशले अहिले आमूल परिवर्तन चाहेको बताएका छन । कालिका नगरपालिका वडा नं ७ को पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै खनालले देशमा आमूल परिवर्तन नआए सम्म गरीबी निवारण नहुने बताए । देश बिकासमा नेपाली काङ्ग्रेसको योगदान महत्त्वपूर्ण छ खनालले भने त्यसैको फलस्वरूप आगामी स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसले नसोचेको फड्को मार्ने छ । यतिखेर आम चितवनबासिहरु नेपाली काङ्ग्रेसको जितको पर्खाइमा छन उनले भने ।

कार्यक्रममा बिशिस्ट अतिथि नेपाली काङ्ग्रेस चितवनका निबर्तमान सभापति जितनारायण श्रेष्ठ,अतिथीहरु सरोज गुरुङ, कमल आचार्य, शिवराम केसि, कमला पौडेल, नरजंग प्रजा महेन्द्र , बिपिन रामुदामु, निरुजा श्रेष्ठ, मेनुका थापा,प्रकाश थापा, लगायतले बोलेका थिए ।कार्यक्रममा समाजमा विभिन्न योगदान पुर्याएको भन्दै एकल महिला, जेस्ठ नागरिक, अपाङ्ग र दलित समुदायका ब्यक्तिहरुलाइ सम्मान गरीएको थियोे ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker