नेपाली कांग्रेस रत्ननगर १५ द्वारा प्रकाशित भित्तेपात्रो लोकार्पण

नेपाली कांग्रेस रत्ननगर १५ को वडा कार्य समिती द्वारा नयाँँ बर्ष २०७९ को भित्तेपात्रो प्रकाशन गरेको छ ।

आज नेपाली कांग्रेस सह महामन्त्री प्रखर बक्ता महिला नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ को प्रमुख आतिथ्यतामा वडा कार्य समिति द्वारा आयोजित भित्तेपात्रो लोकार्पण, कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रममा भित्तेपात्रोको लोकार्पण गरिएको हो ।

उक्त कार्यक्रममा विशिष्ट अतिथी पुर्व शिक्षा राज्यमन्त्री तथा संविधान सभा सदस्य शेषनाथ अधिकारी, अतिथीहरुमा क्रमश: क्षेत्र नं १ का सभापति किरण भुषण सिंह ओली एवं सचिव उमेश गिरी, प्रदेश खका सभापति गोबिन्द गौतम, महासमिती सदस्य उत्तम आचार्य तथा गीता देवकोटा, महाधिवेशन प्रतिनिधि निता ढकाल, निवर्तमान नगर सभापति रुपनराज घिमिरे, प्रदेश अधिवेशन प्रतिनिधि दण्डपाणि लामिछाने लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा वडा उपसभापती केशव वावु घिमिरेले स्वागत मन्तब्य राखेका थिए भने सचिव रुपेश तिवारीले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रमको सभापतित्व वडा सभापति शिव तिवारीले गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker