रोराङ कांग्रेसको अध्यक्षमा पाँच तथा उपाध्यक्षमा तीन आकांक्षी

स्थानिय निकायको चुनावको मिति नजिकिदै गर्दा चुनाव केन्द्रित गतिबिधी तिब्र भैरहेका छन । दलहरु आन्तरिक भेला र बैठकबाट सर्वसम्मत उम्मेदवार तय गर्न कसरत गरेको देखिन्छ । यही कसरतमा लागेको छ धादिङ बेनिघाट रोराङ गाँउपालिकाको नेपाली कांग्रेसको कमिटी ।
भेला बाट गाँउपालिका अध्यक्षमा देबी प्रसाद सिलवाल, दिपकान्त थपालिया, संतोष पौडेल, बि पि कंडेल तथा ज्ञानेन्द्र सिलवालले अंकाक्षा प्रकट गरेका छन । यस्तै उपाध्यक्षमा अनुप धरेल, कबिता इटनी र क्रान्ति डल्लाकोटीले आफ्नो आकांक्षा प्रकट गरेका छन ।
देबि प्रसाद सिलवाल महाधिवेशन प्रतिनिधि साथै बर्तमान पालिका उपाध्यक्ष समेत हुन । दिपकान्त थपलिया महाधिवेशन प्रतिनिधि हुन भने सन्तोष पौडेल बागमती प्रदेश प्रतिनिधि एबम गाँउपालिका कार्य समिती सदस्य हुन । ज्ञानेद्र सिलवाल पुर्ब जिल्ला सदस्य हुन भने बि पि कंडेल पुर्ब क्षेत्रीय सभापति हुन ।

   
त्यस्तै उपाध्यक्षका आकांक्षी क्रान्ति डल्लाकोटी जिल्ला सह सचिव, कबिता इटनी महिला संघ केन्द्रिय सदस्य र अनुप धरेल जिल्ला सदस्य हुन ।


भेलामा सभापति ऋषि नाथ त्रिपाठि, महाधिवेशन प्रतिनिधि उर्मिला थपलिया, कबिन शाक्य, बिमला चेपाङ, राम बहादुर थापा र गाउपालिका क्षेत्र एवं जिल्लाका नेता हरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रम सचिव प्रल्हाद कंडेलले संचालन गरेका हुन ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker