कालिकाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीमा ९५ जना प्रवेश

कालिका २८ चैत ।

चितवनको कालिका नगरपालिकामा अन्य पार्टी परित्याग गरी सोमबार ९५ जना राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । सो पार्टीको वडा नं ८ वडा समितिले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस,नेकपा एमाले र माओवादी केन्द्र परित्याग गरी ९५ जना राप्रपा प्रवेश गरेको जिल्ला सदस्य हरि अधिकारीले जानकारी दिए ।

राप्रपाकी केन्द्रीय सदस्य तथा सिनेक्षेत्रकी चर्चित नायिका रेखा थापा,जिल्ला अध्यक्ष रुद्र ढकालले उनीहरुलाई खादा र टिका लगाएर पार्टी प्रवेश गराएका थिए । सो अबसरमा नायिका थापाले मुलुकको रक्षाको लागि राप्रपालाई मतदान गर्न आग्रह गरिन । ठुला दलहरु प्रति जनताको वितिष्णा बढ्दै गएको भन्दै उनले राप्रपा राजनीतिकबृत्तमा पुर्नबहाली हुने सम्भावना उत्तिकै रहेको बताइन । उनले राप्रपाको सरकार आए छोरीहरुलाई कक्षा १२ सम्म निशुल्क शिक्षा दिने उनको भनाई छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker