सौराहमा फूड फेस्टिवलको रौनक बढ्यो

रत्ननगर । चितवनको पर्यटकीय गरी सौराहामा आयोजना गरिएको सौराहा फूड फेस्टिवलको रौनक देखिएको छ । रेवान सौराहाले नयाँ बर्षको अबसरमा आयोजना गरेको फेस्टिवलको प्रभावले बुधवार पाँच हजार,विहीबार सात हजार पर्यटक सौराहा भित्रिएको कार्यक्रम संयोजक ध्रुव गिरीले जानकारी दिए । फेस्टिवल आज राती सकिदै छ । नयाँ बर्ष मनाउन र फेस्टिवलमा रमाउन स्वदेशी तथा विदेशी पर्यटक सौराहा आएका हुन । तीन बर्षपछि अहिले सौराहामा करिब ८००को हाराहारीमा विदेशी पर्यटक छन् । यो तीन बर्ष यताकै उच्च संख्या रहेको कार्यक्रम संयोजक गिरीले बताए ।

प्रणय दिवसको अवसरमा आयोजना हुँदै आइरहेको फूड फेष्टिवल यस पटक चैत ३० देखि बैशाख २ गतेसम्म तीन दिन आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष नरेश गिरीले जानकारी दिए । उनले कोरोनाको संक्रमण घट्दै गइरहेको र पर्यटन ब्यवसाय पनि सुचारु भएकोले नेपाली नयाँ वर्षमा फेष्टिवल आयोजना गरिएको बताए । फेष्टिवलका लागि सौराहाको मुख्य बजार सजाइएको छ । नयाँ बर्ष मनाउन र फेस्टिवलमा रमाउन स्वदेशी तथा विदेशी पर्यटकहरु सौराहा आएका छन् ।

फेष्टिवल अन्तर्गत सौराहाको मुख्य बजारमा स्थानीय, स्वदेशी तथा विदेशी खानाको परिकार राखिएको फेस्टिबलको आयोजक संस्था रेवान सौराहाका अध्यक्ष गिरीले बताए । फेस्टिवल अवधि भर कार्यक्रम स्थल देखि सौराहा ड्याक सम्म हरेक दिन बेलुका जनजातीहरुको झाँकी प्रदर्शन तथा सडकमै खाने र सडमै रमाउने व्यवस्था मिलाइएको छ । नयाँ बर्ष मनाउन आएका पर्यटकहरु फेष्टिवलमा रमाउने वाताबरण बनाइएको छ । सडक किनारमा व्यवसायीले तयार गरेको खानाको स्वाद लिदै विभिन्न जातजातीको संस्कृतिसंग रमाउन सक्ने रेवानका महासचिव सुर्यबहादुर रिमालले बताए ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker