चितवनका दुई पत्रकारलाई संरक्षण पुरस्कार

चितवन । चितवनमा क्रियाशिल दुई जना पत्रकारलाई बुधवार वन्यजन्तु संरक्षण पुरस्कार प्रदान गरिएको छ । रत्ननगर ६ स्थित २७औं वन्यजन्तु सप्ताह २०७९को अबसरमा पत्रकार होमनाथ सापकोटा र विपिनशर्मा आचार्यलाई सो पुरस्कार प्रदान गरिएको हो ।

सप्ताह समापन कार्यक्रम रत्ननगर वडा नं ६ का वडाध्यक्ष बलराम दाहाल,निकुञ्जका सौराहा सेक्टर प्रमुख विश्वबाबु श्रेष्ठ र मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले उनीहरुलाई नगद सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । सो अबसरमा मृगकुञ्जका अध्यक्ष घिमिरेले पत्रकारिता मार्फत पत्रकारद्धयले वन,वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा गरेको योगदानको कदर गरिएको बताए ।

संरक्षणमा योगदान गरेका सबै पत्रकारहरुको माझबाट उत्कृष्टताको आधारमा सापकोटा र आचार्यलाई सम्मान गरिएको उनको भनाई छ । सप्ताहको अबसरमा मृगकुञ्जले वन्यजन्तुबाट प्रभावित २६ जना स्थानीयबासीलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा वन्यजन्तुको आर्कमणबाट ज्यान गुमाएकाका परिवार,घाइतेभएका र बालीनानी क्षतिव्यहोरी रहेका स्थानीयबासीहरु रहेका छन् । बैशाख १ गतेबाट सुरु भएको सप्ताह बुधबार सकिएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker