चितवनमा स्वास्थ्य विज्ञान शिक्षालय संघको राष्ट्रिय महाधिवेशन सुरु

चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा स्वास्थ्य विज्ञान शिक्षालय संघ (एसिया) को पाँचौं राष्ट्रिय महाधिवेशन शुक्रवारदेखि सुरु भएको छ । पूर्वाञ्चल विश्व विद्यालयबाट सम्बन्धन प्रास्त सो संघ स्वास्थ्य सम्बन्धी स्नातक तहको कार्यक्रम सञ्चालन गर्ने निजी कलेजका सञ्चालकहरुको छाता संगठन हो ।

महाधिवेशनको पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्रा.डा.यादबराज कोइरालले एक भब्य समारोहका बीच उद्घाटन गरेका छन् । महाधिवेशन उद्घाटनको अबसरमा निजी कलेजका सञ्चालकहरुले चिकित्सा शिक्षा आयोगले अबलम्बन गरेको एकीकृत प्रवेश परीक्षा निजी कलेजहरुको लागि घातक सिद्ध भएको बताए । आयोगको गैर जिम्मेवारीपूर्ण कामका कारण ठुलो लगानीमा सञ्चालनमा रहेका कलेजहरु धरासायी हुने अबस्थामा पुगेको भन्दै उनीहरुले आयोगले एकीकृत प्रवेश परीक्षा पद्दती परिर्वतन गर्नुपर्ने बताए । फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका अध्यक्ष शैलेन्द्र मोहन झाले सरकार र चिकित्सा शिक्षा आयोगको कारण देशभरका कलेजहरु रित्तै हुने अबस्था र्सिजना भएको बताए ।

उच्च शिक्षाका लागि बार्षिक १ खर्ब ९३ अर्ब रुपैया विदेशिने गरेको भन्दै उनले देशमै गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेजहरु रित्तो हुने अबस्था आउनु दुर्भाय भएको बताए । उच्च शिक्षा अध्यायनको लागि १५ हजार विद्यार्थी विदेश गएको भन्दै उनले यसलाई रोक्न पनि सरकारले निजी कलेज सञ्चालन ऐनलाई खुकुलो बनाउनु पर्ने बताए । उपकुलपति प्रा.डा. कोइरालले नयाँ कलेजहरुले सम्बन्धन दिनु भन्दा पुराना कलेजहरुको प्रभावकारी सञ्चालनलाई जोड दिनु पर्ने बताए । चिकित्सा शिक्षा आयोग परीक्षा प्रणालीलाई सुधार गर्ने चरणमा रहेको भन्दै उनले यसबाट निजी कलेजहरुमा परेको समस्या सहमतीबाट सामधान खोज्न सकिने बताए । हामी तपाईहरुकै पक्षामा छौं उनले भने अहिले सम्म निजी कलेजहरुको प्रर्बद्धनका लागि कार्यक्रमहरु आएका छन् ।

कार्यक्रममा पूर्वाञ्चल विश्व विद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेशराज दाहाल,रजिष्टार निलमणि पोखरेल,मेडिकल एण्ड एलाइट साइन्सका डिन शैलेन्द्रमणि पोखरेल,पूर्वाञ्चल विश्व विद्यालय प्रध्यापक संघका सभापति सन्देशदास श्रेष्ठ,नेपाल नर्सिङ एशोसियसनका बरिष्ट उपाध्यक्ष रमेश शुब्बा लगायतले मन्तव्य राखेका थिए । दुई दिन सम्म चल्ने सो महाधिवेशनको बन्दसत्रमा अध्यक्ष यम अधिकारीको प्रगति प्रतिवेदन,महासचिव विकास अधिकारीको प्रतिबेदन तथा कोषाध्यक्ष विद्या श्रेष्ठको आर्थिक प्रतिवेशन छलफलपछि पारित हुने संघका सल्लाहाकार सरोज ढकालले जानकारी दिए । महाधिवेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशनमा ३८ वटा निजी कलेजका सञ्चालकहरु सहभागी रहेको सल्लाहाकार ढकालले जानकारी दिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker