नेपाल टेलिकम वर्कसको अध्यक्षमा अधिकारी

चितवन
नेपाल टेलिकम वर्कस युनियन भरतपुरको अध्यक्षमा सुरेश अधिकारीको निर्वाचित भएका छन् । नेपाल टेलिकम भरतपुरको वर्कस इकाई दशौं इकाई अधिवेशनले अधिकारीको नेतृत्वमा सात सदस्य रहेको नयाँ समिति निर्विरोध चयन गरेको हो । अधिवेशनले सचिवमा लिला कट्टेल पौडेल , र कोषाध्यक्षमा गंगा प्रसाद न्यौपाने निर्वाचितन भएको निर्वाचन अधिकृत गेहेन्द्र सुवेदलिे जानकारी दिनुभयो । नवनिर्वाचित अध्यक्ष अधिकारीले जनताको सेवासंगै कर्मचारीको हितका लागी काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल टेलिकम भरतपुरका प्रमुख नविनकुमार मिश्रले जनताको सेवका लागी संधै तत्पर रहने गरी काम गर्न आग्रह गर्नुभयो । कार्यक्रम ईकाई अध्यक्ष शर्मिला खनाल पौडेलको अध्यक्षतामा सम्पन्न भएो थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker