हामी गठबन्धन प्रति प्रतिबद्ध छौं : प्रलाद सापकोटा

रत्ननगर । रत्ननगरमा नेपाली कांग्रेसको तर्फबाट मेयर पदमा उमेदवारप्रलाद सापकोटाले नेपाली कांग्रेस गठबन्धनप्रति प्रतिबद्ध रहेको बताएका छन् । वडा बाँडफाँडमा कुरा नमिल्दा गठबन्धन दल भित्र खटपट देखिएका बेला मेयर पदमा उमेदवार सापकोटाबाट यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।

मंगलवार आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले मेयर र उपमेयरका सवालमा गठबन्धन सही दिशा तर्फ चलिरहेको भन्दै वडागत रुपमा पनि गठबन्धनको मर्म र भावना अनुसार चल्न कांग्रेस तयार रहेको बताए । हामी गठबन्धनप्रति प्रतिबद्ध छौं उनले भने यसलाई सार्थक बनाउने कुरामा दलहरु लागेका छन् । उमेदवार सापकोटाले पाँच बर्षमा एमाले सरकारले गर्न नसकेका काम पुरा गर्ने उद्देश्यका साथ आफुहरु चुनावी मैदानमा होमिएको बताए ।

नगरमा रोजगारी सृजना गरी युवाशक्तिलाई विदेश पलायन हुनबाट रोक्ने आफ्नो प्रमुख उद्देश्य रहेको बताए । उनले कृषि र पर्यटनको विकास गरी रोजगारी सृजना गर्ने बताए । कृषिलाई आधुनिकीकरण गर्दै सौराहाको पर्यटनको विकासको लागि पूर्वाधार निर्माण र सेवाको गुणस्तर विकासमा ध्यान दिने बताए । कार्यक्रममा स्टेरिङ कमिटीका संयोजक भेषराज दुवाडी,सदस्य उमेश गिरी,आर्थिक समिति संयोजक भेषराज दुवाडी लगायतले मन्तव्य राखेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker