बाैदिकालि गाँउपालिकामा कंग्रेसकाे चुनावी अभियान तिव्र गतिमा बढिरहेको

नेपाली कंग्रेस बाैदिकालि गाउंपालिकाकाे चुनावी अभियान जारि नेपाली कंग्रेस बाैदिकालि गाउँ पालिकाले चुनावि अभियान अाज पनि जारि राखेको छ । गाउँपालिकाकाे विभिन्न वडाहरुमा चुनावी अभियानलाई जारि राख्ने क्रममा गाउँपालिका अध्यक्षका उम्मेदवार केवि राना मगरले अाज वडा नम्बर ४ बाेबाेकका विभिन्न स्थानका मतदाताहरु समक्ष पुगि सुझाव संकलन गर्नुभएको छ । दुर्गम गाउँकाे मुहार फेर्न अाफु लागिपरेको बताउनुहुदै गाउँपालिका अध्यक्षका दावेदार रानाले घरदैलो तथा चुनावी सभामा संकलन गरिएका मतदाताहरुकाे सुझावलाई अात्मसात गरि अगाडि बढ्ने बताउनुभयो । चुनावी अभियानमा मतदाता समक्ष अाफुले जनाएका प्रतिबद्धतालाई पूरा गर्ने एउटै माध्यम अाफ्नाे जित भएकोले विभिन्न विकासका याेजनालाइ कार्यान्वयन गरि गाउँलाई समृद्धि तर्फ अगाडि बढाउनैका लागि अाफुलाइ साथ दिन अाम मतदातालाइ रानाले अाग्रह गर्नुभयो । विहानकाे झिसमिसे देखि वेलुकि अवेरसम्म मतदाताको सुख्ख दुख्ख बुझ्दै भलाकुसारि गर्नुभएका अध्यक्षका उम्मेदवार केवि रानालाइ मतदाताहरुले फुलमाला लगाइ स्वागत गरेका थिए । यसैक्रममा गाउंका अधिकांश मतदाताहरु शिक्षाबाट बञ्चित रहेकोले मतदान शिक्षा दिनुपर्ने अावश्यक रहेको उनिहरुले बताएका छन ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker