रत्ननगरमा सत्तागठबन्धनको घरदैलो,एक सय युवा कांग्रेसमा प्रवेश

रत्ननगर २४ बैशाख । चितवनको रत्ननगर नगरपालिका वडा नं ११ र १२ मा सत्ता गठबन्धनका उमेदवारहरुले चुवानी कार्यक्रम अन्तर्गत घरदैलो गरी मत मागेका छन् । नेपाली काँग्रेसको तर्फबाट मेयर पदका उमेदवार प्रलाद सापकोटा र समाजबादीको तर्फबाट उपमेयर पदका उमेदवारहरुले नगरबासीको घरदैलोमै पुगेर मत मागेका हुन ।

वडा नं ११ मा नेपाली कांग्रेसबाट वडाध्यक्षका उमेदवार दिलीपचन्द्र घिमिरे सहित वडा सदस्य पदका उमेदवारहरु सुमित्रा दर्जी परियार,यशोधा अधिकारी, पञ्चुमाया गुरुङ,सोमबहादुर श्रेष्ठ, तथा वडा नं १२ मा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदकी उमेदवार अनिता अर्याल सहित वडा सदस्य पदका उमेदवारहरु मिना कुमार दवाडी,सुकमाया विक,किसान बजगाई,सन्तोषकुमार गोले लगायत नेता तथा कार्यकर्ताहरुले मत मागेका हुन ।

मत माग्न घरदैलोमा पुगेका मेयर पदका उमेदवार सापकोटा र उपमेयर पदका उमेदवार घिमिरेलाई मतदाताले टीका र खादा लगाएरस्वागत गरेका छन् । घरदैलोका क्रममा जिरौनाचोकमा आयोजित कार्यक्रममा मेयर पदमा उमेदवार सापकोटाले विगतमा गरेको सामाजिक काम र कांग्रेसप्रतिको आर्कषण नै आफ्नो जितको आधार भएको बताए । उनले पाँच बर्षको अबधिमा जनताले दिएको मतको कदर गर्दै नेपाली कांग्रेसबाट मात्र विकास सम्भव छ भन्ने कुरा प्रमाणित गरेर देखाउने दावी गरे ।

२५ बर्ष कांग्रेसले नेतृत्व गर्न नपाउदा रत्ननगरले विकासको फड्को मार्न नसकेको भन्दै सापकोटाले आफ्नो जितसंगै रत्ननगर रत्न जस्तै चम्किने बताए । उपमेयर पदका उमेदवार घिमिरेले सत्ता गठबन्धनको जितले मात्र रत्ननगरको मुहार फेर्न सक्ने बताए । हामी काम गर्छौ भनेर आएका छौं उनले भने त्यो समयले प्रमाणित गर्ने छ । वडा नं ११ को जिरौनाचोकमा आयोजित कार्यक्रममा एक सय बढी युवा नेपाली कांग्रेसमा प्रवेश गरेको निर्वतमान नगर सभापति रुपनराज घिमिरेले जानकारी दिए ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker