रत्ननगरमा गठबन्धनको लोभलाग्दो चुनावी घरदैलो

रत्ननगर २७ बैशाख । स्थानीय तहको निर्वाचन मिती नजिकिदै गर्दा दलहरुले आफ्नो प्रचार प्रसारलाई तिब्र बनाएका छन । यतिबेला दलहरु आ आफ्नो उम्मेदवार बोकेर कार्यकर्ताको ठुलो समुह सहित घरदैलो अभियानमा ब्यस्त देखिन्छन । रत्ननगरमा सत्तारुढ गठबन्धनका उमेदवारहरुले सोमबार विभिन्न वडामा घरदैलो गरेका हुन ।

नगरपालिकाको वडा नं १,५,६ र ७ मा गठबन्धनका उमेदवारहरुले जनताको घरदैलोमा पुगेर मत मागेका हुन । नेपाली कांग्रेसबाट मेयर पदका उमेदवार प्रलाद सापकोटा,समाजबादी पार्टीबाट उपमेयर पदका उमेदवार बद्रिनाथ घिमिरे सहित वडा नं १ का वडाध्यक्षका उमेदवार कुलप्रसाद सापकोटा,वडा नं ५ का वडाध्यक्षका उमेदवार बालकृष्ण चापागाई,वडा नं ६ का वडाध्यक्षका उमेदवार किरण महतो र वडा नं ७ का वडाध्यक्षका उमेदवार राजन भट्ट तथा वडासदस्यका उमेदवार,नेता तथा कार्यकर्ताहरुको सहभागितामा घरदैलो गरिएको गरिएको हो ।

चुनावी घरदैलो पछि आयोजित कार्यक्रममा मेयर पदका उमेदवार सापकोटाले रत्ननगरलाई नमुना र पर्यटकीय शहरको रुपमा विकास गर्ने बताए । एमालेको सरकारले गर्न नसकेका कामहरु गरेर रत्ननगरलाई देशकै उत्कृष्ट नगरको रुपमा स्थापित गर्ने उनले प्रतिबद्धता जनाए । उपमेयर पदका उमेदवार घिमिरेले रत्ननगरको विकास हेर्नकै लागि गठबन्धनका उमेदवारहरुलाई मतदान गर्न आग्रह गरे ।
नेपाली कांग्रेसका बाट वडा नं १ का उमेदवारहरु ।
बडाध्यक्ष : कुल प्रसाद सापकोटा
वडासदस्य : गिरिराज लम्साल
वडासदस्य : सुर्य बिक्रम चौधरी
वडा सदस्य महिला : उमा पौडेल सुवेदी
दलित महिला वडा सदस्य : बिन्दु मगराती

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker