जातिय छुवाछुत र भेदभाव हटाउन वडा सदस्यमा उम्मेदवारी : रिमाल

बैशाख २७ भरतपुर महानगरपालिका वडा नम्बर ३ को दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी युवा नेतृ कृति रिमालले जातिय छुवाछुत र भेदभाव हटाउने प्रतिवद्धता जनाएकी छिन् ।

नेकपा एमालेको तर्फबाट दलित महिला वडा सदस्यमा उम्मेदवारी दिएकी रिमालले दलित समुदायमा भएका शिक्षित व्यक्तीहरुलाई रोजगारीको पहल गर्ने, स्वास्थय , शिक्षा र सरसफाई सम्बन्धी सचेतनामुलक कार्यक्रहरु गर्ने , बालबालिका तथा महिलाहरुको हक , अधिकार र जीवनस्तर उच्च राख्नको लागि तालिमहरु प्रदान गर्ने लगायतको प्रतिवद्धता व्यक्त गर्दै आफूलाई मत दिन आग्रह गरेकी छन् । विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहेकी युवा नेतृ रिमालले आफू जस्तै युवाले भोग्नु परेको समस्याहरुको समाधान गर्न बिशेष प्राथमिकता दिने बताएकी छिन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker