रत्ननगर ४ को अध्यक्षमा कांग्रेसका चौधरी सहित प्यानलै विजयी

रत्ननगर ०२ जेठ । रत्ननगर नगरपालिका वडा नं ४ को अध्यक्षमा नेपाली कांग्रेसका रामकुमार चौधरी सहित प्यानलै विजयी भएका छन् । एमालेका रविन्द्र चौधरीलाई ४३९ को मतान्तरले पछि पार्दै चौधरी विजयी भएका हुन । रामकुमारले ९९० मत पाएका छन् भने रविन्द्रले ५५१ मत प्राप्त गरेका छन् । खुल्ला वडा सदस्यमा आस्मा खातुन ८३४,विश्वास रायमाझी ७७२, महिला सदस्य बविता चौधरी ९०३ र दलीत महिला सदस्य मीना विश्वकर्मा ८९४ मतका सात विजयी भएका छन् । सो वडामा १८५८ मत खसेको थियो । २०७४ सालको निर्वाचनमा सो वडामा एमालेले जितेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker