रत्ननगर ३ मा कांग्रेसका खरेल विजयी

रत्ननगर ०२ जेठ । रत्ननगर नगरपालिका वडा नं ३ को वडाध्यक्षमा नेपाली कांग्रेसका सोहेन्द्रराज खरेल विजयी भएका छन् । नेकपा एमालेका गुप्तनाथ भट्टराईलाई ८०७ मतान्तरले पछि पार्दै खरेल विजयी भएका हुन । खरेलले १४८९ मत प्राप्त गरेका थिए भने एमालेका भट्टराईले ७८२ मत पाएका छन् । सो वडामा कांग्रेस र माओवादी केन्द्र बीच चुनावी तालमेल भएको थियो । कांग्रेसले तीन वटा वडा सदस्य तथा माओवादी केन्द्रले एउटा सदस्य जितेको छ । कांग्रेसबाट खुल्ला सदस्यमा शिव खनाल १२९३,महिला सदस्यमा बैसखनी थरुनी १२७१,दलीत महिला सदस्यमा १३०९ र माओवादी केन्द्रबाट वडा सदस्यमा इश्वरप्रसाद जमरकट्टेल ९२८ मतका साथ विजयी भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेको प्यानलै विजय भएको थियो । एमालेको गढ रहेको सो वडामा यस पटक कांग्रेसले जितेको हो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker