रत्ननगर २ मा कांग्रेसका घिमिरे विजयी

रत्ननगर ०२ जेठ । चितवनको रत्ननगर नगरपालिका वडा नं २ को वडाध्यक्षमा नेपाली कांग्रेसका राजन घिमिरे सहित प्यानलै विजयी भएको छ । नेकपा एमालेका कृष्णप्रसाद डोटेललाई २६९ मतान्तरले पछि पार्दैघिमिरे वडाध्यक्षमा निर्वाचित भएका हुन । घिमिरेले ९२९ पाउदा डोटेलले ६६० मत प्राप्त गरेका छन् । त्यसैगरी वडा सदस्य खुल्लामा नेपाली कांग्रेसका नरेन्द्र श्रेष्ठ ८४८,संजिवप्रसाद पौडेल ८३६,महिला सदस्य रमा भट्टराई ८६६ र दलीत महिला सदस्य राधादेवी विश्वकर्मा ९३९ मतका साथ विजयी भएको निर्वाचन अधिकृत विनोद कुमार गौतमले जानकारी दिए । सो वडामा एक हजार ९०३ मत खसेको थियो । २०७४ सालको निर्वाचनमा पनि सो वडामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको थियो ।

\

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker