रत्ननगर ११ मा एमालेका श्रेष्ठ बिजयी

रत्ननगर नगरपालिका वडा ११ वडाध्यक्षमा नेकपा एमालेका श्याम कुमार श्रेष्ठ विजयी भएका छन् । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका शशीभक्त न्यौपानेसंग २० मतले पराजित भएका श्रेष्ठ यस पटकको निर्वाचनमा ७१ मतान्तरले विजयी भएका हुन । श्रेष्ठले ९२६ मत पाउदा नेपाली कांग्रेसका दिलीपचन्द्र घिमिरेले ८५५ मत प्राप्त गरेका छन् । चार वडा सदस्यमा ३ एमाले र एक कांग्रेसले जितेको छ । खुल्ला सदस्यमा एमाले एमालेका हर्कबहादुर सारु थापा ७९३,दिलबहादुर केसी ७८४,दलीत महिला सदस्यमा ज्योति विश्वकर्मा ८११ र महिला सदस्यमा नेपाली कांग्रेसकी यशोदा अधिकारी पौडेल ८४७ मतका साथ विजयी भएको निर्वाचन अधिकृत विनोद कुमार गौतमले जानकारी दिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker