जादाजादै मेयर वनले भने : नगरको विकासमा सधै क्रियाशिल हुन्छु

रत्ननगर ०५ जेठ । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले आफ्नो पाँच बर्षे कार्यकालमा नगर विकासका आधारभूत संरचना निर्माण गर्न सफल भएको बताएका छन् । कार्यकालको अन्तिम दिन विहीबार एक विज्ञप्ती जारी गरी उनले पाँच बर्षको अबधिमा नगर विकासमा गरिएको काम,सहकार्य र साथ दिनेलाई धन्यवाद र पदमा नरहे पनि विकासको सारथी बन्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पाँच बर्षको अबधिमा रत्ननगरको विकासको लागि चाहिने आधारभूत संरचनाको निर्माण,समाजसुधार कार्यक्रमको थालनी, दींगो विकासको प्रारम्भिक भौतिक विकास,सुुसासन कायम गर्न खास ऐन र आधारहरुको निर्माण भइसकेका उल्लेख गरेका छन् ।

संघीयता,समावेशीता,लोकतन्त्र र नगरवासीको भावना अनुरुप जन सेवामा समर्पित रहेको भन्दै उनले नगरको आन्तरिक स्रोत,प्रदेश र संघीय सरकारको वित्तिय,मानवीय,प्राविधिक र अन्य स्रोतको खोजि संकल्प,समन्वय,उपयोगमा जोड दिँदै गैरसरकारी साधन र स्रोतको समेत प्रयोग गरेर नगरको विकासमा उल्लेखनीय प्रगती हासिल विज्ञप्तीमा उल्लेख गरेका छन् । विकास निर्माण तर्फ ३९१ किलोमिटर नयाँ सडक ट्याक खोलेर ३६६ किलोमिटर ग्राबेल,३४२ किलोमिटर कालोपत्रे सडक निर्माण,बकुलहर रत्ननगर अस्पताललाई १५ बेडबाट सुरु गरेर ५० बेडको चौविसै घण्टा सञ्चालन गरी प्रदेश सरकारको व्यवस्थापनमा रहने अबस्थामा पु¥याएको उल्लेख गरेका छन् ।

रत्ननगरमा मातृशिशु अस्पतालको भवन निर्माण सुरु गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । झण्डै ५५ विघा सार्वजनिक जमिनको खोजी गरी सुकुमबासीको पन्जिकीकरण र निस्सा पूर्जा दिने कार्यको थालनी भइसकेको उल्लेख गर्दै विज्ञप्तीमा ठुला दुई वटा सभाहल,सातवटा पार्क,सयौं सार्वजनिक भवनहरु निर्माण गरिएको जनाइएको छ । रत्ननगर बसपार्क,रत्ननगर वाटर किङडम,ल्याण्डफिल्ड साइड,बकुलहर अस्पताल,मनिखोला पार्क,कबर्डहल,सिटीहल,सौराहा–राप्ती ड्याक,सुरक्षित जनता आबास कार्यक्रम र अन्य सामुदायिक तथा जनसेवाका कार्यक्रम सञ्चालित गरिएको मेयर वनले बताए । कृषि मेसिन औजार,प्राविधिको हस्तान्तरण,पशु स्वास्थ्य,नश्ल सुधार,गाई वितरण,कृषि मल,बीउ र अनुदान वितरण गरिएको भन्दै उनले नगरप्रमुख संग उद्यमशिलता कार्यक्रम सञ्चालन गरी विनो धितो विना ब्याज कर्जा लगानी गरेर रोजगारी सृजना गर्न सफल भएको बताए । उनले पाँच बर्षको अबधिमा स्थानीय तहको संरचनालाई अगाडि बढाउन सहयोग गर्नुहुने राजनीतिक दल,हामीलाई सहयोग गर्ने कर्मचारी बर्ग, निस्वार्थ सहयोग गर्ने जनप्रतिनिधि साथीहरु,प्रदेश तथा संघीय सरकार,स्थानीय प्रहरी प्रशासन,पत्रकार,सामाजिक संघसंस्था,आम रत्ननगरबासीहरुमा आभार प्रकट गर्दैै नगरको विकासमा सधै क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker