देवघाटको श्री रामजानकी बालिका आश्रममा मनायो स्टार्स मन्टेश्वरीले १२ औं बार्षिकउत्सव

चितवन। भरतपुर -११, मालपोतचोक स्थित स्टार्स मन्टेश्वरी एकेडमीले आश्रममा रहेका बालिका सँग खुसी साट्दै आफ्नो १२ औं वार्षिकउत्सव मनाएको छ । देवघाटमा रहेको श्री रामजानकी बालिका आश्रमका बालिकाहरुलाई बिहानको खाना खुवाउँदै मन्टेश्वरीले वार्षिकउत्सव मनाएको हो ।

स्टार्स मन्टेश्वरीकी सञ्चालक जानकी खड्काले आश्रम आउँदा आश्रमका बालबालिका र मन्टेश्वरीमा आउने बालबालिकामा धेरै फरक पाएको बताइन् । उनले मन्टेश्वरीमा आउने बालबालिकालाई सामाजिक र व्यावहारिक ज्ञान सिकाउन अझ जोड दिइने बताइन् ।

“जहाँबाट तपाईंका नानीबाबुको भविष्य निर्माणको पहिलो पाइला सुरु हुन्छ ” भन्ने मुल नाराका साथ २०६७ सालदेखि सञ्चालनमा रहेको स्टार्स मन्टेश्वरीबाट अध्ययन गरी भरतपुरका नाम चलेका विद्यालयमा गएका विद्यार्थीहरुको नतिजा उत्कृष्ट हुने गरेको मन्टेश्वरीका प्रबन्ध निर्देशक गणेश रानाले दाबी गरे । 

उत्कृष्ट कहलिएको सो मन्टेश्वरीमा नयाँ भर्ना गर्न आउनेहरुको संख्या बढ्दै गएपछि भर्ना गर्न आएका जति सबैलाई भर्ना गर्न नसकिने अवस्थामा आफू रहेको बताउँदै उनले सबैलाई भर्ना गर्न सक्ने गरी संरचना बनाउने योजना रहेको सुनाए ।

आश्रममा मनाइएको वार्षिकउत्सवमा मन्टेश्वरीमा रहेका सम्पूर्ण शिक्षक, शिक्षिकाहरु सामु आश्रमका बालिकाहरुले गीत तथा स्वस्तिवाचन गरेका थिए ।

शान्त र पारिवारिक वातावरणमा बाल मनोविज्ञानद्धारा बालबालिकालाई खेल्दै सिकाउंँदै आएको स्टार्स मन्टेश्वरीमा प्लेग्रुप , टोडलर , नर्सरीदेखि युकेजी सम्मका कक्षाहरु सञ्चालनमा छन्न । मन्टेश्वरीमा बालबालिकाको लागि अतिरिक्त क्रियाकलाप, नाचगान, इन्डोर गेमका साथै स्वस्थ खाना तथा खाजाको व्यवस्था रहेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker