रत्ननगरमा स्वस्थ्य जीवनशैलीका लागि योग सुरु

रत्ननगर । विश्व सुर्तिजन्य पदार्थ विरुद्धको दिवसको अबसरमा स्वस्थ्य जीवनशैली कार्यक्रम अन्तर्गत योग शिबिर सुरु गरिएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले आयोजना गरेको सो कार्यक्रमको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले उद्घाटन गरेका थिए । सो अबसरमा मन्त्री खनालले भवन अभावका कारण आयुर्वेद अस्पताल सञ्चालनमा भएको कठिनाईको अन्त्य गर्न प्रदेश सरकारले भवन निर्माणको लागि बजेट विनियोजन गरेको बताए । बकुलहमा भवन निर्माणको लागि जग्गाको विषयमा उत्पन्न विवादको अन्त्य गरी निर्माणकार्य तत्काल सुरु गर्नुपर्ने बताए ।

कार्यक्रममा मेयर प्रल्हाद सापकोटाले आयुर्वेद अस्पतालको स्तरोन्नती र सेवाको गुणस्तर सुधारका लागि नगरपालिकाले सहयोग गर्ने बताए । योग शिविर असार ७ गते सम्म सञ्चालन हुने र शिविरमा स्थानीय समुदायको सहभागिता रहेको केन्द्रीकी प्रमुख डा.कोपिला अधिकारीले जानकारी दिइन । योगका लागि जनसुकै व्यक्तिले पनि सहभागिता जनाउन पाउने उनको भनाई छ ।

कार्यक्रममा उपमेयर यादव प्रसाद पाठक,वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकोटा,वडा नं १५ का वडासदस्य शिबप्रसाद तिवारी,समाजसेवी कोपिलामणि पौडेल लगायतले मन्तव्य राखेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker