अर्बिट स्कुलमा विद्यार्थी नेतृत्वका लागि निर्वाचन

चितवन । भरतपुर महानगरपालिका ५ स्थित विकासचोकमा रहेको अर्बिट स्कुलमा विद्यार्थी नेतृत्व चयन गरिएको छ । शुक्रबार भएको विद्यार्थीहरुको निर्वाचनले स्कुल क्याप्टेनमा मिशन न्यौपाने र भाइस क्याप्टेनमा दिलिपकुमार शाहलाइ चयन गरेकाे छ ।

स्कुलका इन्चार्ज नारायण गौतमले विद्यार्थीहरुलाई प्रजातान्त्रिक अभ्यास गराउने उद्देश्यले निर्वाचन मार्फत नेतृत्व चयन गरिएको बताए । सहमति नभएर निर्वाचन गरिएको नभई उनले विद्यार्थीहरुलाई सिकाउनका लागि निर्वाचन गरिएको बताए ।

निर्वाचनमा कक्षा ४ देखि कक्षा १० सम्मका ३५८ जना विद्यार्थीहरुले मतदान गरेका थिए । निर्वाचनमा अर्बिट कलेजका स्काउटका विद्यार्थीहरुले स्वयमसेवकको भूमिका निभाएका थिए भने विद्यार्थीहरुलाई नै म्यादी प्रहरी घोषणा गरी प्रहरी झैं खटाइएको थियो भने शिक्षकशिक्षिकाबाट पर्यवेक्षकसहित निर्वाचन अधिकृत पनि तोकिएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker