रत्ननगरमा श्रेष्ठ सप्लिमेन्ट सपको उद्घाटन

रत्ननगर २७ जेठ । चितवनको रत्ननगर १० बकुलहर चोकमा शुक्रवार श्रेष्ठ सप्लिमेन्ट सपको उद्घाटन गरिएको छ । श्रेष्ठ जीम सेन्टरले शारिरीक ब्याम जीम गर्नेहरुका अतिरिक्त पोषणयुक्त आहारको लागि सञ्चालनमा ल्याएको सप्लिमेन्ट सपको उद्घाटन गरिएको हो ।

रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले एक औपचारिक कार्यक्रमका बीच सपको उद्घाटन गरेका हुन । सो अबसरमा युवाहरुलाई कुलतबाट जोगाउन जीमको महत्वपूर्ण भूमिका हुने बताए । शरिरलाई स्वस्थ राख्न मात्र नभई अब्बल युवा जनशक्ति उत्पादन गर्न पनि जिमको आवश्यकता पर्ने उनको भनाई छ ।

सप्लिमेन्ट सपमा १५ प्रकारका अमेरिकी उत्पादन राखिएको जीम सेन्टर तथा सपका सञ्चालक इन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । विपीआई उत्पादनहरु प्रोटिन,भिटामीन,मल्ट्री मिटामिन,जिंक,प्रिओर्क आउट,विसीएए,फिस बेयल,क्रियटिन,क्रिएटाइन लगायतका पोष्टिक सामाग्री विक्रीका लागि राखिएको सञ्चालक श्रेष्ठले जानकारी दिए । जीम गर्नेहरुका लागि उल्लेखित सामाग्रीको दैनिक उपभोग अनिबार्य हुन्छ उनले भने श्रेष्ठ जीम सेन्टर लगायत जिल्लाका अन्य सेन्टरहरुमा जीम गर्नेहरुलाई लक्षित गरी सप सञ्चालनमा ल्याएको हु ।

उद्घाटन कार्यक्रममा वडा नं १० का वडाध्यक्ष कलाधर पौडेल,स्वभालम्बन टोल विकास संस्थाका अध्यक्ष युगबहादुर थापा,सामाजिक अभियान्ता ज्ञानेन्द्रराज पाण्डे,केएन प्लाजाका संरक्षक कान्छा श्रेष्ठ,सञ्चालकहरु राज श्रेष्ठ र दीपक श्रेष्ठको सहभागिता रहेको थियो । कार्यक्रम सपका सञ्चालक श्रेष्ठको अध्यक्षतामा भएको थियो । श्रेष्ठ जीम सेन्टरमा दैनिक १०० जनाले जीम गर्दै आएका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker