सुरज कालाखेतीको ‘भरोसा’ गीत सार्वजनिक

सुरज कालाखेतीको शब्द, संगीत तथा स्वरमा सजिएको बियोगान्त आधुनिक गीत सार्वजनिक भएको छ । एल के मिडियाको अफिसियल युटुव च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो । मायामा धोका पाएर मन दुखेका हरुलाई यो गीत समर्पित गरिएको भिडियो मार्फत जानकारी गराईेएको छ ।


चर्चित निर्देशक किशोर चौधरी द्वारा निर्देशित यस म्युजिक भिडियोमा समिप तमाङ, शिर्षक भण्डारी र महसुस अधिकारीको अभिनय रहेको छ । यस म्युजिक भिडियोको निर्माता लक्ष्मी कुमार शर्मा हुन । गीत एरेन्ज विश्व अधिकारीले गरेका हुन भने मिक्सिङ तथा मास्टरिङ् बिप्लव अधिकारीले गरेका हुन । गीत ओपल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
म्युजिक भिडियोको ग्राफिक्सको पाटो आभाष रानाले सम्हालेका छन भने सम्पादन पुजन लामिछानेको रहेको छ । म्युजिक भिडियो तयारीमा उपकरण ॐ फिल्म्स स्टुडियो, पर्साको प्रयोग गरिएको छ भने ड्रोन सट मेघनाथ चौधरीले लिएका हुन ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker