रत्ननगरका विद्यार्थीलाई बुष्टर खोप लगाइने

रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुलाई असार एक गते देखि बुष्टर खोप लगाइने भएको छ । १२ बर्ष देखि १७ बर्ष उमेर समुहका विद्यार्थीहरुलाई कोरोना विरुद्धको बुष्टर खोप लगाइने भएको हो । कोरोना विरुद्धको खोपको दोस्रो मात्रा लगाएको तीन महिना पुरा भएका विद्यार्थीहरुलाई अतिरिक्त मात्राको रुपमा बुष्टर खोप लगाउन थालिएको स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पौडेलले जानकारी दिए । नगरपालिकाले खोप लगाउने तालिका र स्थान समेत तोकेको छ ।
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker