जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितमा गैँडाकोट डोजाब पहिलो

भरतपुर । चितवनको भरतपुरमा सम्पन्न २२औँ जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा गैँडाकोट डोजाङ पहिलो भएको छ । सात स्वर्ण र एउटा कास्य पाउँदै डोजाङ पहिलो भएको हो ।
त्यस्तै माडी डोजाङ दोस्रो भएको छ । एक स्वर्ण र तीन कास्य पाउँदै डोजाङ दोस्रो भएको हो । त्यसैगरी एक स्वर्ण र दुई कास्य पाउँदै गौरीगञ्ज डोजाङ तेस्रो भएको छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने डोजाङ र खेलाडीहरुलार्ई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको राष्ट्रिय तेक्वान्दो संघ चितवनका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिनुभयो ।


जिल्लामा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई लक्षित गर्दै २२औँ जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता गरिएको श्रेष्ठले बताउनुभयो । महिला र पुरुषको पाँच÷पाँच वटा तौल समूहमा प्रतिस्पर्धा गराइएको श्रेष्ठको भनाइ छ । पुरुषतर्फ ३० किलो, ४० किलो, ४५ किलो, ४८ किलो र ५१ किलो तौल समूहमा प्रतिस्पर्धा गराइएको थियो भने महिलातर्फ ३५ किलो, ३८ किलो, ४२ किलो, ४४ किलो र ४६ किलो तौल समूहमा प्रतिस्पर्धा गराइएको श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि तेक्वान्दो विधाका खेलाडी समेत शनिबार नै छनोट गरिएको श्रेष्ठले बताउनुभयो । उहाँकाअनुसार राष्ट्रपति रनिङ शिल्डका लागि पुरुषतर्फ ४५ किलो तौल समूहमा रोजन ढकाल, ४८ किलो तौल समूहमा एन्सिस गुरुङ र ५१ किलो तौल समूहमा सोहित गुरुङ छनोट भएका छन् । त्यस्तै, महिलातर्फ ४२ किलो तौल समूहमा जस्मिन गुरुङ, ४४ किलो तौल समूहमा दीक्षा चौधरी र ४६ किलो तौल समूहमा सुस्मिता कुमाल छनोट भएका छन् ।


यसैबीच, प्रतियोगितामा समापनका अवसरमा राष्ट्रिय तेक्वान्दो संघ चितवनलाई खेलकुदका सामग्रीसमेत प्रदान गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ४ ले तेक्वान्दो खेल्दा प्रायोग हुने खेलकुद सामग्री प्रदान गरेको हो ।

 

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker