भरतपुर र पोखरा महानगरपालिका प्रमुखबीच भेटवार्ता

चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहाल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यबीच आईतबार भरतपुर महानगरपालिकामा भेटवार्ता भएको छ ।


भेटका क्रममा स्थानीय तहमा हुने असल अभ्यासको विषयमा छलफल भएको भरतपुर महानगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत रामबन्धु सुवेदीले जानकारी दिनुभयो ।


छलफलका क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर र पोखराबीच यसअघि नै भगिनी सम्बन्ध कायम भइसकेकाले राम्रा कार्यमा सहकार्य कायम रहने विचार व्यक्त गर्नुभयो । मेयर दाहालले महानगरपालिकाले एक अर्कोको राम्रा अभ्यासको सिको गर्नुपर्ने बताउनुभयो ।


भरतपुर, पोखरा र लुम्बिनीको यसअघि नै त्रिकोणात्मक पर्यटनका लागि सहकार्य हुँदै आएको छ ।
पोखरा महानगरपालिकाको ६ सदस्यीय टोलीले भरतपुर महानगरबाट हुने सेवा, अनलाईन प्रणाली, खरिद व्यवस्थापन, योजना कसरी छनोट गर्ने भन्ने विषयमा जिज्ञासा राखेको थियो ।


पोखरा महानगरपालिकाले राखेको जिज्ञासामा भरतपुर महानगरपालिकाको तर्फबाट प्रमुख प्रसाशकिय अधिकृत, विभिन्न शाखा तथा उपशाखाका कर्मचारीले अनुभवहरु सहजीकरण गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker