भरतपुरबासीलाई खुसी र सुखी बनाउछौ : मेयर रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरबासीलाई खुसी र सुखी बनाउने कार्यमा अगाडि बढेको बताउनुभएको छ ।
८ अ‍ौ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा लाईन्स क्लब अफ चितवन आरोग्यले मंगलबार भरतपुरमा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा औल्याउनु भएको हो ।
मेयर दाहालले अब हुने विकासका गतिविधिमा भरतपुरबासीलाई कसरी खुसी र सुखी बनाउनेतर्फ ध्यान केन्द्रित गरिएको बताउनुभयो ।
खुसी महानगरबासी बनाउन विभिन्न विषयगत विज्ञहरुसँग छुटाछुट्टै छलफल, परामर्श एवम् सुझाव संकलन गर्ने कार्य गरिरहेका छौ, उहाँले भन्नुभयो,‘भौतिक विकास र मानविय विकासलाई सँगै लैजानुपर्छ भन्ने हाम्रो चाहाना छ । ११ औँ नगरसभामा प्रस्तुत हुने नीति तथा कार्यक्रमले यसलाई पुष्टी गर्छ ।’
भौतिक विकाससँगै मानविय विकास गर्न नीति तथा कार्यक्रम निर्माण गरेर अगाडि बढेको जानकारी दिनुभयो ।
भौतिक खुसीमात्र नभई मानसिक रुपमा खुसी हुन योगको भूमिका महत्वपूर्ण रहने उहाँको भनाई छ ।
भरतपुरबासीले योगालाई महत्व दिनु भएकै छ, उहाँले भन्नुभयो,‘यहाँ योगाशाला, जिमखाना, एरोबिक, व्यामशाला, पतञ्जली योगपिठ निर्माण भईरहेका छन् । प्रत्येक वडामा योगा अभ्यास गर्नेको संख्या ठुलो छ । यस्ता केन्द्रले शारीरिक मात्र नभई मानसिक तन्दरुस्तीमा सहयोग पुगेको छ ।’

कार्यक्रममा संस्थाका सदस्य डा आन्नदप्रसाद रेग्मीले योगको सुरुवात शिव भगवानले गरेको पौराणिक कथामा उल्लेख भएको बताउनुभयो । योगा पहिले मृत्युपछि मुक्ति पाइन्छ भनी योग गर्ने गरिएको कथन रहेको उल्लेख गर्नुभयो । अहिले मुक्ति लागि भन्दा स्वास्थ्य रहन योग गर्ने गरिन्छ–उहाँले भन्नुभयो ।
कार्यक्रममा योगसँग सम्बन्धीत विज्ञहरुले योगाको बारेमा जानकारी दिनुभएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker