लागु औषध दुरुपयोग ओसारपसार विरूद्ध सचेतना कार्यक्रम सम्पन्न

लागु औषध दुरुपयोग ओसारपसार विरूद्ध जनकल्याण मा विद्यालयमा सचेतना कार्यक्रम सम्पन्न भएको छ।
मानव अधिकार तथा शान्ति समाजको आयोजनामा भएको कार्यक्रममा कक्षा १० मा अध्यनरत शसी कार्की क्षेत्री प्रथम भइकी छिन् भने द्रितिय नितिन न्यौपाने र त्ोितय सिर्जन गिरि भएको हो । कार्कीले लागु औषधको दुरुपयोको समस्या दिनानुदिन भुषको आगो झै फैलिरहेको बताइकी छिन् । बिशेष गरेर किशोर किशोरी अथवा बिद्यालयका बिद्यार्थीहरु बढि यसवाट प्रभाबित हुन पुगिरका छन् । भबिस्यका कर्णधार यूवा यूवतिहरु लागु औषध जुठाउनको लागी चोरी, डकैति , लुटपाट , हत्या बलत्कारतिर समेत उन्मुख हुदै गइरहेका छन् । अर्कोतर्फ लागु औषध प्रयोगकर्ताहरुको स्वास्थ्य कमजोर हुदैजाने भएकाले यसवाट ब्यक्ति, परिवार, समाज र राष्ट्रलाईनै ठुलो क्षति हुन पुग्छ । अर्कातिर लागु ओषधका कारोबारी पिचासहरुले पनि आफ्नो व्यापार यूवा मार्फत संचालन गर्दै आईरहेका छन् । त्यसै गरि द्रितिय हुने नितिन न्यौपाने र त्रितिय सिर्जन गिरि भएका थियो । कार्यक्रममा जनकल्याण स्कुलका अध्यक्ष सीता कुंवर ,अर्जुन देवकोटा,देवराज भट्टराई , केशवराज कंडेल र १५ जना विधार्थीहरु सहभागीमा सम्पन्न भएको हो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker