बाढीले डाईभर्सन बगाउदा नारायाणगढ बुटवल सडकखण्ड अवरुद्ध

नवलपरासी असार,१५

गएराती देखि परेको अबिरल वर्षाको कारण खहरेखोलामा आएको बाढीले डाईभर्सन बगाउदा नारायाणगढ बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।पुर्बी नवलपरासीको मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सिमाक्षेत्रमा पर्ने सडक खण्डमा ३ वटा डाईभर्सन बगाएपछि सडक राजमार्ग पुर्णरुपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

विहान ६ वजेदेखि भएको सडक अवरुद्धका कारण पश्चिमतर्फ जाने र आउने सवारीसाधनहरु ठप्प भएका छन् । बाटो खुलाउनका लागि केहि समय लाग्ने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक जयराम पन्तले जानकारी दिए । पुर्ब पश्चिम राज्मार्ग बिस्तारको क्रममा अहिले जिल्लाको ८० स्थान मा डाइभर्सन निर्माण गरियको छ । सडक अबरुद हुदा पुर्ब पश्चिम् हिडेका सयौ सवारी र यात्रु अलपत्र परेका छन ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker