
चितवन । पेट्रोलियम पदार्थ सहित खाधान्नको मूल्यवृद्धिको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी चितवन रत्ननगर नगर समितिले विरोध प्रदर्शन गरेको छ ।
उनीहरुले शुक्रवार साँझ मसाल जुलुस निकालेर विरोध प्रदर्शन गरेका हुन । उनीहरुले रत्ननगरको टाँडीको वाट मसाल जुलुस निकालेर बकुलहर चोकमा कोण सभामा परिणत भएका थिए ।
कोण सभामा राप्रपा बागमती प्रदेश सहसचिव मधुप भट्टराई , चितवन क्षेत्र न.१ अध्यक्ष बलराम खनाल, राप्रपा केन्द्रीय बाणिज्य समन्वय बिभाग सदस्य हरि प्रसाद अधिकारी, जिल्ला अध्यक्ष रुद्र ढकाल, नगर अध्यक्ष गोविन्द प्रसाद अधिकारी ,नगर प्रवक्ता सन्तोष लामा लगायतले वोल्नु भएको थियो ।