नगर प्रमुख लामाको निर्देशनमा भण्डारा बजारको खाल्टा खुल्टि पुरियो

भण्डारा । अव्यवस्थित रहेको भण्डारा बजारमा राप्ती नगर प्रमुख शमशेर लामाले तत्कालै समाधानका विकल्प निकाल्नु भएको छ । बजारको खाल्टा खुल्टि पुर्ने काम र बजारलाइ व्यवस्थापन गर्ने बिषयमा लामाले अनुगमन गदै तत्काल काम कारवाहि अगाडी बढाउनु भएको हो । लामाले बजारको सवै खाल्टा खुल्टि पुर्नको लागी आवश्यक व्यवस्था गदै यस बिषयमा आफ्नो ध्यानर्कषण भएको बताउनु भयो । लामाले आइतवार विहान भण्डारा बजारलाइ सुन्दर बनाउनको लागी आवश्यक डस्टले खाल्टा खुल्टि पुरिएको हो ।

केहि दिन अघि भण्डारामा खाल्टा खुल्टिको कारण विभिन्न समस्या आएको भन्दै स्थानियले गुनासो गरेका थिए । नगर प्रमुख लामाले बजारको समस्याको लागी तत्कालै डस्ट प्रयोग गरी खाल्टा खुल्टि पुरिएको बताउनु भयो । यस वाट सडक दुर्घटना देखि सडकमा पानी जम्ने समस्या पनि हट्ने बताउनु भयो । खाल्टा खुल्टि पुरिएपछि कामको प्रशंशा गदै भण्डारा बजार टोल विकास समितीका अध्यक्ष हिरा बहादुर श्रेष्ठले नगर प्रमुख लामालाइ धन्यवाद दिनु भयो । सडकको खाल्टोेले निम्ताएको समस्याको कारण बजारवासीले पाएको दुखमा केहि राहत मिल्ने श्रेष्ठले बताउनु भयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker