नगर प्रमुखको लामाको प्रतिवद्धता : हर्दिका २९ विपन्न परिवारको दिगो व्यवस्थापन

भण्डारा । राप्ती नगरपालिका वडा नं ६ हर्दिमा रहेको अव्यवस्थित वसोवासलाइ नगरपालिकाले दशै अगाडीनै व्यवस्थापन गर्ने भएको छ । हर्दिको भित्र पट्टिको लाइनमा बसोवास गरिरहेका सुकुम्वासी परिवारलाइ अन्यत्र सार्ने वा अर्काे विकल्प खोज्ने भन्ने बिषयमा नगरपालिकाले चाडो निर्णय गर्ने नगर प्रमुख शमशेर लामाले बताउनु भयो । हर्दिको तत्कालिन मुख्य सडकमा अहिले ३५ परिवार बसोवास गदै आइरहेका छन । ३५ मध्ये २९ परिवारको बिषयमा नगरपालिकाले तत्काल निर्णय गर्नुपर्ने भएको लामाले बताउनु भयो । बुधवार हर्दिका सुकुम्वासी महिलाहरुले नगर प्रमुख र उपप्रमुखलाइ छुट्टा छुट्टै भेटेका थिए । भेटमा नगर उपप्रमुख देवेन्द्र लामाले सो स्थानका वासिन्दाहरु नगरभित्रका वासिन्दा भएमा बैकल्पिक व्यवस्था गरिने प्रतिवद्धता प्रस्तुत गर्नुभयो । नगरभित्र कोहि पनि घरविहिन नहुने उपप्रमुख लामाको दावी रहेको छ । विगत लामो समय देखि नगरपालिकाले विभिन्न फाराम मात्र भराउदै आएको तर कुनै पनि नतिजा नआएको स्थानिय महिलाहरुले बताए । अहिले सम्म चुनावको मुखमा भोटको लागी मात्र फाराम भराउने र राख्ने काम भइरहेको उनिहरुले नगर प्रमुखसंग गुनासो गरेका थिए । अव पनि नगर यस बिषयमा सचेत रहेन भने ३५ परिवारको उठिवास हुने बताएका थिए । नगर प्रमुख लामाले अव पहिलेको जस्तो नहुने विपन्न परिवारको लागी दिगो विकल्प खोजिएको र त्यसको कार्यन्वयन हुने लामाले प्रतिवद्धता गर्नुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker