राप्तीका १७ जना फरक क्षमताका व्यक्तिलाइ ह्विल चियर

भण्डारा । राप्ती नगरपालिकाका सवै फरक क्षमता भएका व्यक्तिहरुको सहजताको लागी भन्दै १७ वटा ह्विल चियर वितरण गरेको छ । नगर प्रमुख शमशेर लामाले फरक क्षमता भएका १७ जना व्यक्तिलाइ ह्विल चियर वितरण गर्नुहुदै उहाहरुको सहजताको लागी वितरण गरिएको बताउनु भयो । नेपाल अपाङ्ग संघ र नगरपालिकाको आर्थिक सहयोगमा ह्विल चियर वितरण गरिएको हो । अहिले पहिलो चरणमा १७ वटा मात्र वितरण गरिएको भएपनि पछि सवैको सहजताको लागी वितरण गरिने नगर प्रमुख लामाले बताउनु भयो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा ले आयोजना गरेको कार्यक्रममा फरक क्षमता भएका व्यक्ति र उहाहरुको अभिभावक सहितको उपस्थिती रहेको थियो । कार्यक्रम शाखा प्रमुख अजमाया दुराको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker