एमविए पढेर युवाले थाले आफ्नै व्यवसाय, घडेरी बजार डटकम संचालन

चितवन । अध्ययन गरेर हातमा सर्टीफिकेट भएर के हुन्छर भन्ने प्रश्न नेपालमा धेरै सुन्ने गरिन्छ तर पुर्वाञ्चल विश्वविद्यालयबाट एमविए उत्तीर्ण गरेका एक युवाले भने घडेरी बजार डटकमको सुरूवात गर्नुभएकाे छ ।
एक बर्ष अगाडि मात्र एमविए उत्तीर्ण गर्नुभएका चितवनका उद्यमी युवा विपिन कंडेलले भि ग्रुप कन्स्ट्रक्सन एण्ड डेभलपर्स प्रा. लिकाे माध्यमबाट घडेरी बजार डटकम सुरू गर्नुभएकाे हाे ।
घर जग्गा काराेबारमा हुने कमिसन प्रथालाई निरूत्साहन गरी खरिद र बिक्रीकर्ता दुवैलाई प्रत्यक्ष अप्रत्यक्ष सम्पर्क गराउने उद्वेश्यले विपिन कडेंलले घडेरी बजार डटकम सुरू गर्नुभएकाे हाे ।

यदी कसैले घर जग्गा विक्रि गर्न चाहेमा घडेरी बजार डटकममा गएर आफ्नाे युजर एकाउन्ट बनाइ सम्पतिकाे सम्पूर्ण विवरण , घर जग्गाकाे फाेटाे, मुल्य, ठेगाना र उपलब्ध सेवा सुविधाहरू साथै अन्य आवश्यक जानकारीहरू राख्न सक्नेछन् । खरिदकर्ताले पनि आफ्नाे आवस्यकता र चाहाना बमोजिम घर जग्गा छनोट गरि बिक्रिकर्तासंग कारोबार गर्न सकिने ब्यबस्था मिलाउन खोजिएको संचालक कडेलले भनाइ छ।
आजकाे व्यस्त समय र प्रविधिकाे युगमा घरबाटै सबै काम गर्न सकिने र अनलाइनबाटै आफूले चाहेकाे सामान खरिद विक्रि हुने उहाँको भनाइ छ । घडेरी बजार डटकम सुरू जुन सुकै , जहाँ सुकै र जहिले पनि मानिसले आफूले चाहेकाे घर जग्गाकाे बारेमा जानकारी लिन सक्ने छन् । अनलाइनबाटै सम्पर्क गरेर खरिद विक्रि गर्न सक्ने सुबिधा पनि उपलब्ध भएको र यसलाई आवश्यकता अनुसार स्तरउन्नति गर्दै लैजाने याेजना रहेकाे कडेंलले बताउनुभयाे ।
साथै घडेरी बजारमा गएर घर जग्गा सम्बन्धि समाचारहरू हेर्न र पढ्न पाउने सुविधा पनि उपलब्ध छ। साथसाथै यदी कसैले अपार्मेन्ट बिक्री गर्न र खरिद गर्न चाहेमा सजिलै घडेरी बजारमा गएर त्यसबारे सम्पूर्ण जानकारी लिन सक्ने र सिधैं बिक्रेतासँग सम्पर्क गर्न सक्ने व्यवस्था रहेकाे उहाले बताउनुभयाे ।

एक बर्ष अगाडि मात्र एमविए उत्तीर्ण गर्नुभएका चितवनका उद्यमी युवा विपिन कंडेलले भि ग्रुप कन्स्ट्रक्सन एण्ड डेभलपर्स प्रा. लिकाे माध्यमबाट घडेरी बजार डटकम सुरू गर्नुभएकाे हाे ।

विगत १४ बर्षदेखि विभिन्न सामाजिक गतिविधिमा सकृय रहँदै भि ग्रुप नेपालकाे माध्यमबाट युवा उद्यमीहरू विच व्यावसायिक परामर्श र नियमित नव उद्यमी मिलन कार्यक्रम गरि भि ग्रुपकाे अलग अलग आयामहरू संचालन गर्दै आईरहनुभएकाे छ । त्यसकाे साथसाथै सेवा र विकासका लागि युवा र प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे माध्यमबाट चितवनमा उदाहरणीय कार्यहरू कपडा बैंक , नियमित सरसफाइ अभियानकाे कुशल नेतृत्व लिई त्यसलाई निरन्तरता , महामारीको समयमा खाद्यान्न वितरण, युवाहरूलाई विभिन्न किसिमका तालिमहरू, जनचेतनामुलक अलग अलग अभियानमा पनि उहाँको सकृय भूमिका थियाे ।
घडेरीबजारले पहिलो चरणमा चितवनमा व्यावसायिक कारोवार सुरु गर्ने छ भने बिस्तारै नेपालका अन्य जिल्लाबाट सेवा बिस्तार गर्दै जाने संचालकले जानकारी दिनुभयाे ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker