रत्ननगरका दुई विद्यालयमा ई- पुस्तकालय

चितवन, असार २७ । रत्ननगरका दुई वटा विद्यालयमा अफलाइन ई- पुस्तकालय स्थापना गरिएको छ ।

रत्ननगर-८ मा रहेको श्री माध्यमिक विद्यालय चित्रसारी र रत्ननगर-६ मा रहेको श्री बछौंली माध्यमिक विद्यालयमा क्रियसन नेपालले ई–पुस्तकालय स्थापना गरेकाे हाे ।

क्रियसन नेपाल काठमाडौंका प्रमुख आनन्द मिश्रले पुस्तकालयमा ८ हजार ६ सय ३ वटा पुस्तक निःशुल्क अध्ययन गर्न सकिने व्यवस्था गरिएको जानकारी दिए । त्यस्तै, २ हजार ९ सय ९४ वटा अडियो, २ हजार १ सय २२ वटा भिडियो र ४ हजार १ सय १५ वटा लेख रचना उपलब्ध गराइएको उनले बताए ।

मिश्रले शिक्षामा प्रविधिको प्रयोग गर्ने सरकारको लक्ष्यअनुसार पुस्तकालय स्थापना गरिएको बताउँदै इन्टरनेट नभएको समयमा समेत यो पुस्तकालय उपयोगी हुने जानकारी दिए । नेपाली र अंग्रेजी भाषामा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरुले पुस्तक पढ्न सक्नेछन् ।

कार्यक्रमका प्रमुख अतिथी रत्ननगर वडा नं. ८ का वडा अध्यक्ष कृष्ण चौधरीले शिक्षकलाई शिक्षण सिकाइ प्रक्रियामा स्रोत सामग्रीका रूपमा प्रयोग गर्नसमेत पुस्तकालय उपयोगी हुने बताए ।

नायीका केकी अधिकारीले पुस्तकालयको माध्यमबाट विद्यार्थीलाई पठनपाठन गराउन मिल्ने भएकाले यो अत्यन्तै उपयोगी हुने विश्वास व्यक्त गरिन् । यो सेवा विस्तार पछि शिक्षक तथा विद्यार्थीलाई पठनपाठनमा सहजता आउने उनको विश्वास छ ।

क्रियसन नेपालका प्रमुख आनन्द मिश्रको सभापतित्वमा भएको कार्यक्रममा कोमाकोला बोटलर्स अफ तराई नेपालका बिक्रम केसी, पराक्रम राणा, श्री माध्यमिक विद्यालय चित्रसारीका प्राध्यानाध्यापक सूर्य प्रसाद लामिछाने, वडा नं ८ का वडा सदस्य केदार श्रेष्ठ लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker