कंगारुको नयांँ कार्यालयको मन्त्री मिलनबाबु श्रेष्ठद्धारा उद्धघाटन

कंगारु एजुकेसनको सिजी ल्याण्डमार्कमा नयांँ कार्यालय स्थापना

चितवन । शैक्षिक परामर्श संस्था कंगारु एजुकेसन फाउण्डेसनले भरतपुरको सिजील्याण्डमार्कमा सुविधासम्पन्न कार्यालयको स्थापना गरेको छ । यसअघि फाउण्डेसनले लायन्सचोकबाट सेवा प्रदान गर्दै आएपनि नयांँ संरचना र सेवासहित ल्याण्डमार्कको तेस्रो तल्लाबाट सेवा शुरु गरेको हो । आज एक कार्यक्रमका बीच वाग्मती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले रिवन काटेर कार्यालयको उद्धघाटन गरे ।


उद्धघाटनपछि बोल्दै मन्त्री श्रेष्ठले पछिल्लो समय शैक्षिक परामर्श संस्था खुल्ने क्रम बढेको भन्दै गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिए । शैक्षिक संस्थाहरुले सही परामर्श दिएर बैदेशिक शिक्षामा पठाउनुपर्ने भन्दै उनले त्यहांँ प्राप्त गरेका ज्ञान र सीपलाई विद्यार्थीले स्वदेशमै प्रयोग गर्नुपर्ने बताए ।


बर्षेनी हजारौं विद्यार्थी विदेश पढ्न जाने हुंँदा उनीहरुलाई सही कलेज र विश्वविद्यालय छनौट गरी पठाउन शैक्षिक परामर्श संस्थाको उल्लेखनीय भूमिका हुने उनको भनाई थियो ।
सो अवसरमा बोल्दै फाउण्डेशनका सिईओ महेशबाबु तिमिल्सिनाले सही परामर्श संस्था छनौट गरी बुझेर मात्र विद्यार्थीले विदेश अध्ययन गर्न जान सुझाव दिए । चितवनमा विदेश जाने विद्यार्थीहरु उत्तिकै रहेकोले पनि संस्थाले एकदशक अघिदेखिनै नारायणगढबाट सेवा दिदै आएको बताए । विदेश पढ्न जानुअघि कलेज, विश्वविद्यालय, संकायको साथै त्यस देशको कला,संस्कृति जीवनशैली, कामको प्रकृति र कानुनको बारेमा जानकारी लिएर मात्र विदेश पढ्न जान तिमिल्सिनाले सुझाव दिए ।
ईक्यान, चितवनका अध्यक्ष समुन्द्र अर्यालले नेपालमा शैक्षिक परामर्शको बाढी आएको भन्दै मापदण्ड नपुगी सञ्चालनमा आएका शैक्षिक परामर्श संस्थाहरुको सरोकारवाला निकायले नियमन अनुगमन गर्नुपर्नेमा जोड दिए । यसका लागि आफूले सरोकार निकायलाई घच्घच्याउने उनले बताए । विद्यार्थीलाई भ्रममा नपरी शिक्षा मन्त्रालयबाट सम्बन्धन लिएका शैक्षिक परामर्श संस्थाबाट मात्र भिषा एप्लाई गर्न उनले आग्रह गरे ।


फाउण्डेशनका चितवनका निर्देशक विशालबाबु चापागाईंले चितवन लगायत छिमेकी जिल्लाका विद्यार्थीलाई अनुकल र सहजताको लागि सिजी ल्याण्डमार्कको भवनबाट सेवा शुरु गरिएको बताए ।
विगतका दिनमा पनि हजारौं विद्यार्थी पठाउन सफल भएकोले यो संस्थाले आगामी दिनमा पनि गुणस्तरीय सेवा दिन प्रतिबद्धता रहेको चापागाईंको भनाई थियो ।
कार्यक्रममा क्यानडा वेष्ट युनिभर्सटीका कन्ट्री मेनेजेर नेत्र कोईराला, युएसए, युके,अष्ट्रलिया, क्यानडा, न्यूजिल्याण्डका प्रतिनिधी, नेपाली कांँग्रेस, चितवनका सचिव ध्रुव पोख्रेल लगायतको सहभागिता रहेको थियो । फाउण्डेसनले आज सिजील्याण्डमार्कको सभाहलामा एजुकेसन सेमिनार सञ्चालन गरिरहेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker