जनतालाई शिर्ष नेतालेनै श्रीलंका बन्छ भनेर त्रास देखाउनु दुर्भाग्य हो : शेखर कोइराला

गैंडाकोट, ३२ असार ।
नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले देशको राजनीति गम्भीर अवस्थामा पुगेको बताएका छन् ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्णप्रसाद पौडेलको पुस्तक `लय छुटेको समय´को विमोचन समारोहमा बोल्दै कोइरालाले भने – `मुलुकको अवस्था अति भएको छ, मुलुक श्रीलंका बन्छ कि भन्ने चिन्ता सर्वत्र छ । दलहरूले सुशासनको प्रतिबद्धता जनाए भने श्रीलंका बन्दैन । नेताहरुले मुलुकलाई श्रीलंकाको अवस्थामा नपुर्‍याउन भ्रस्टाचारलाई उन्मुलन नै गर्नपर्छ ।  भ्रष्टाचार अति भयो । जनताले पनि खवरदारी गरिरहन पर्‍यो । नागरिक समाज जागरुक हुनुपर्‍यो ।

कोइरालाले अगाडि भने – `यी यावत बेथितिहरू दलहरुले मिलाउँदै जाने हो, पारदर्शी काम हामीले नै गर्ने हो । यो नेताहरूकै जिम्मेवारी हो । नागरिकको मतको सम्मान गर्न सके मात्र धेरै सुशासन हुन्छ ।´

नेपाली कांग्रेस पार्टीको सन्दर्भमा कोइरालाले भने – “हामी कम्युनिष्ट पार्टी जस्तो होइनौं । पार्टीमा बेथिती हुन्छ भने हामी हेरेर मात्र बस्न सक्दैनौं । अहिले पार्टी बिधान अनुरुप चलाऊ भन्ने मात्र हाम्रो ध्येय हो । बिधान अनुरुपको पार्टी आचरण गरे हामीले खवरदारीनै गर्नु पर्दैन ।”

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker